डिल्लीबजार मालपोतमा घुस लिने रंगेहात पक्राउ
सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिने सर्वेक्षक श्याम सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । काठमाडौं वडा नम्बर- २९ का आशाकाजी महर्जनको उजुरीमा सिलवाललाई पक्राउ
गरिएको हो । अख्तियारले सिलवाललाई कारबाहीका लागि हिरासतमा लिएको जानकारी
दिएको छ ।
आयोगले सोमबार मालपोत कार्यालय डिल्लीबजार र चाबहिल, वैदेशिक रोजगार
विभाग, राहदानी विभाग, वाग्मती अञ्चल यातायात कार्यालय, जिल्ला प्रशासन
कार्यालयको अनुगमन गरेको छ ।
0 comments
तपाईंको प्रतिकृया