नेपाली फिल्ममा साउथकी हिरोइन
काठमाडौ ३०,
दक्षिण भारतीय अभिनेत्री सोनाली
जोशीको अभिनय रहेको नेपाली फिल्म 'माया दिउँ झैं भो' आउँदो शुक्रबार रिलिज
हुने भएको छ। निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको
जोडी भएर अभिनय गरेकी छन्। तामिल, मलयालम र तेलुगु भाषाका
फिल्म खेलिसकेकी सोनालीको यो पहिलो फिल्म हो। फिल्ममा पूजना प्रधान, पुष्कर
भट्ट, विनय आनन्द लगायतले पनि अभिनय गरेका छन्। प्रेम, एक्सन र
पारिवारिक ड्रामाले भरिपूर्ण यस फिल्मलाई भोजपुरी र नेपाली दुई भाषामा
निर्माण गरिएको हो। फिल्मको ८० प्रतिशत छायांकन भारतको मुम्बईमा भएको थियो।
फिल्ममा भारतका कलाकार तथा प्राविधिकसँग नेपाली कलाकारले पनि अनुभव
आदानप्रदान गर्न पाएका छन्।
सुरेश अधिकारीको संगीत सुन्न पाइने फिल्मका प्राविधिकमा छायाँकार अकरम खान, डान्स डाइरेक्टर कानु मुखर्जी, फाइट डाइरेक्टर मोजिस कौशल पनि हिन्दी फिल्मका व्यस्त प्राविधिकहरु हुन्। करिब डेढ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको फिल्म २५ वर्षदेखि मुम्बईमै बस्दै आएका नेपाली दीपक अधिकारी (गंगाप्रसाद)को लगानी रहेको छ।
- नागरिक

0 comments
तपाईंको प्रतिकृया