हर्षिकाले के गरिन सुमिनालाई

अन्ततः नायिका सुमिना घिमिरेलाई बजारमा आएको विभिन्न किसिमको समाचारले घाटा लागेको छ । चलचित्र ‘मिस्टेक’मा नायिका पक्का भएर संझौता रकम लिइसकेकी घिमिरेलाई अन्तिम अवस्थामा आएर यो सिनेमाबाट हात धुनु परेको छ । अनलाइनखबरका रंग पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि नायिका घिमिरेको चर्को आलोचना भएको थियो । यो घटनासँगै उनको स्टारभ्यालू पनि घटेको विश्लेषण चलचित्र ‘मिस्टेक’को निर्माणपक्षले गरेको हो ।यसैकारणले गर्दा नायिका घिमिरेलाई चलचित्रमा नलिने सोचाई निर्माणपक्षले लिएको थियो । निर्देशक ऋषिराज आचार्यले बजारमा आएको समाचारले सिनेमालाई नै नकारात्मक असर पार्ने देखेर सुमिनालाई आउट गरेको बताए ।आचार्यले भने, ‘उहाँको समाचार बाहिर आएपछि निर्माता सुवास थडराइले सिनेमालाई नै असर पर्ने कुरा गर्नुभएको थियो । पछि उहाँले पनि समय दिन नसक्ने बताएपछि नयाँ नायिका लिइएको हो ।’
               चलचित्रको निर्माणपक्षले नायिका हर्षिका श्रेष्ठलाई लिएर वुधबारदेखि छायांकन सुरु गरेको छ ।चलचित्रको वुधबार बिहान काठमाण्डौको भद्रकाली मन्दिरमा शुभसाइत गरी छायांकन प्रारम्भ गरिएको हो । यो चलचित्रमा हर्षिकाको अलवा निर्मल सेञ्चुरी, सुशान्त कार्की, हिना लामिछाने, नेहा आचार्य, सुरविर पण्डित, रमा थपलिया लगायतका कलाकारको अभिनय रहनेछ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रको छायांकन पोखरा, पाल्पा, बुटवलमा गरिने जानकारी निर्माणपक्षले दिएको छ । २५ दिनमा छायांकन सक्ने योजनमा रहेको निर्माणपक्षले ४० लाख बजेट लाग्ने जनाएको छ ।
onlinekhabar

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World