गर्मीसँगै बढ्छ मृगौलाको पत्थरीको खतरा : कसरी जोगिने ?
पत्थरी मूत्रीनलीको जुनसुकै भागमा हुने भएपनि मृगौला तथा युरेटरमा अत्यधिक हुने गरेको छ । वास्तवमा पत्थरी भनेको पिसाबमा घुलेका विभिन्न रासायनिक पदार्थहरु थिगि्रएर ठोस क्रिस्टलको रुपमा जम्मा हुनु हो । खासगरी यो क्याल्सियम तथा युरिक एसिडका कारण हुन्छ । ९० देखि ९५ प्रतिशत पत्थरी क्याल्सियम अक्जालेट तत्वबाट बनेको हुन्छ । मृगौलामा पत्थरी जमेका थाहा पाउन सुरुवातमा कठीन हुन्छ । मुत्रनलीमा पत्थरीले रोकावट उत्पन्न गर्न थालेपछि मात्र पीडा महसुस हुन गई पत्थरी परेको थाहा पाउन सकिन्छ ।
लक्षण
पिसाबमा रगत देखिनु
पटक पटक पिसाब लाग्नु
पिसाब बढि गन्हाउनु
जिउ काँप्नु, बढि थकान महसुस हुनु
वाकवाकी लाग्नु आदि ।
कसरी बँच्ने ?
गर्मीमा सरीरमा हुने पानीको कमी पूर्ति गर्नका लागि भरपूर मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी नपिएर पटक पटक थोरै थोरै पिउने गर्नुपर्छ । हरेक एक घण्टामा एक गिलास पानी पिउनु उपयुक्त हुन्छ । पानीको साथै पर्याप्त अन्य तरल पदार्थ पिउनुपर्छ । प्रोटिन, सोडियम तथा फस्फोरसयुक्त पदार्थको बढि सेवन गर्नुहुँदैन ।
यी चिजबाट सतर्क रहनुहोस्
डाक्टरहरुका अनुसार केही औषधीहरुको सेवनले मृगौलाको पत्थरीलाई झनै बढाउँछन् । ब्रुफिन अर्थात् आइबूप्रोफेन, मोटरिन तथा अलिएव जस्ता औषधिहरुको सेवन सकेसम्म गर्नुहुँदैन । जाँड रक्सीको सेवन गर्नुहुँदैन । रक्सी युरिक एसिड तथा अक्जालेटको मुख्य श्रोत हो ।
उपचार
मृगौलाको पत्थरीको उपचार त्यसको आकार, पत्थरी रहेको स्थान, प्रकृति तथा अवस्थामा निर्भर गर्छ । यसको उपचार पारम्परिक विधि र सर्जरीको माध्यमबाट गरिन्छ । सानो आकारको पत्थरीको साइज १.५ सेमी भन्दा कम हुन्छ । जसलाई लिथोटि्रप्टर प्रविधिको माध्यमबाट शरीरको बाहिरबाट झट्का दिएर तोडेर निकाल्ने गरिन्छ । यसलाई एक्स्ट्रकोेरपोरेअल शक वेभ लिथोटि्रप्सी भनिन्छ । यो तरिकाबाट नष्ट गरिएका पत्थरीका टुक्राहरु केही दिनसम्म पिसाबमार्फत बाहिर निस्कन्छन् । तर १.५ सेमी भन्दा ठूलो आकारका पत्थरीका टुक्राको लागि भने पर्कयुटेनियस नेफ्रोलिथोट्रमी विधिको प्रयोग गरिन्छ । यो एक प्रकारको प्वाल पारेर गरिने सर्जरी हो । जसमा सरीरमा प्वाल पारेर मृगौलामा रहेको पत्थरीलाई बाहिर निकालिन्छ । यो विधि मृगौलाको पत्थरीको उपचारका लागि अन्तिम तरिका पनि हो ।

0 comments
तपाईंको प्रतिकृया