पत्रकारलाई धम्की दिने सुमिनाले माफी मागिन्
केही हप्ता अघि अनलाइनखबर डटकमका पत्रकार विजय ‘आवाज’लाई समाचार लेखेकै
भरमा ‘टाउको एकातिर र खुट्टा अर्कोतिर’ पुर्याउने भन्दै ज्यान मार्ने
धम्की दिएकी नायिका सुमिना घिमिरेले लिखित माफी मागेकी छिन् ।सुमिनाले चलचित्र पत्रकार संघ र पत्रकार
महासंघलाई वोधार्थ बनाउँदै विज्ञप्ती जारी गरी माफी मागेकी हुन् ।
विज्ञप्तीमा सुमिनाले भनेकी छिन्, ‘म र पत्रकार विजय आवाज विच केही समय अघि
भएको टेलिफोन संवादमा म बाट व्यक्त भएका भनाई नियतबश नभई आवेशमा भएकाले
फिर्ता लिन चाहन्छु ।’ सुमिनाले विज्ञप्तीमा भनेकी छिन्, ‘ति शब्द मानविय
स्वभाववश आवेश र भावनामा आएर व्यक्त भएकाले धम्कीको रुपमा नवुझिदिनु हुन
सम्बन्धीत सबैमा अनुरोध गर्दछु ।’
उनले नेपाली पत्रकारिता क्षेत्रप्रति
आफ्नो सदैव उच्च सम्मान रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । यसैबिच
सुमिनाको विज्ञप्तीलाई चलचित्र पत्रकार संघले स्वागत गरेको छ । संघका
महासचिव लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा
कुनै पनि कलाकार र चलचित्रकर्मी तथा पत्रकार विचको सम्बन्ध सुमधुर रहने तथा
चलचित्र पत्रकारिता जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास संघले
लिएको छ ।’
0 comments
तपाईंको प्रतिकृया