यसरी छिटो खुल्छ जीमेल

यसरी छिटो खुल्छ जीमेलयसरी छिटो खुल्छ जीमेल

                 गुगलले नयाँ नयाँ सेवा मात्र होइन आफ्ना सेवाहरु पनि समय समयमा सुधार र परिमार्जन गरिरहेको हुन्छ। तपाइँ हामी सबैले याद गरेको कुरा नै हो यो। पछिल्लो समयमा गुगलले आफ्नो इमेल सेवा जीमेलमा गरेको परिवर्तन त अनुभव गरिरहनु भएको छ। जीमेलमा गुगलले इमेल लेख्ने शैली मात्र होइन जीमेल खुल्दा देखिने पेजको शैली पनि पुरै परिवर्तन गरेको छ। गुगलले ‘स्ट्याण्डर्ड’ भन्ने शैली अलिक ग्ल्यामरस देखिन्छ। त्यसो त त्यसमा आफ्नो मुड अनुसारको थीम र शैली बनाउन पनि सकिन्छ। इन्टरनेटको गति धेरै राम्रो भएकाका लागि त यो निक्कै राम्रो सेवा हो। जहाँ इमेलमा आफ्नो मुड र शैली अनुसार काम गर्न वा सजाउन सकिन्छ। तर नेपाल जस्तो देशमा जहाँ तपाइँ हाम्रो इन्टरनेटको गति सुस्त छ त्यहाँ यसखालको सुविधाले जीमेललाई सुस्तो र हैरानी दिने बनाएको छ। गुगलले यसखालको उसको सेवालाई सुस्तो इन्टरनेट भएका स्थान तथा समुदायका लागि सजिलो उपाय पनि दिएको छ। जसलाई तपाइँ हामीले नअपनाइरहको पनि हुन सक्छौं। यसखालको तरिका तपाइँ साइबर वा कसैको वाइफाइ कनेक्सन प्रयोग गरेर जीमेल चलाइरहनु भएको छ भने निक्कै लाभदायक हुन्छ जसले तपाइँलाई विना प्रतिक्षा जीमेल खोल्न सक्ने बनाउँछ।
02 Gmail home page, sign in page of gmail free mail from google
01 Gmail home page, sign in page of gmail free mail from google
आधारभूत एचटीएमएल संस्करणको प्रयोग
               जीमेलमा आफ्नो इमेल ठेगाना र त्यसको कूटशब्द (पासवर्ड) टाइप गरिसकेपछि जीमेल तपाइँको कम्प्युटरमा लोड हुने समयमा तल देखाएको जस्तो स्क्रिन देखा पर्दछ। जसको दाहिने तर्फको सबैभन्दा तल्लो भागमा लोड बेसीक एचटीएमएल लेखिएको हुन्छ।
02 Gmail home page, sign in page of gmail free mail from google यसमा क्लिक गर्नुभएको खण्डमा जीमेल छिटो खुल्छ। यसरी खुल्दा जीमेलको सबै शैली र पृष्ठभूमिको तस्विरहरु डाउनलोड नहुने भएकाले जीमेल छिटो खुल्छ। जीमेल छिटो खोल्नका लागि यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ।

मोबाइल संस्करण खोल्ने
जीमेलको मोबाइल संस्करण कम्प्युटर वा ल्यापटपमा पनि खुल्छ। यदी कम्प्युटरमा मोबाइल संस्करण खोल्नुभयो भने तपाइँको जीमेल छिटो खुल्छ। त्यसो त यसरी खोल्दा चलाएको आधारमा पैसा काटिने (भोल्युम बेस) इन्टरनेट सेवा लिनुभएकाका लागि त यो झन कम खर्चिलो इमेल प्रयोग गर्ने तरिका हुन्छ। यस तरिकाले जीमेल प्रयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस्। यदी तपाइँ यी दुवै तरिकाले इमेल हेरिसके पछि वा यसखालको तरिका मन नपरेको खण्डमा जीमेलको पेजको अन्तिममा देखिने संस्करण परिवर्तनको सुविधाबाट पुन स्ट्याण्डर्ड संस्करणमा पुग्न सक्नुहुन्छ।
doorsanchar

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World