कस्तो बिडम्बना श्रीमती १५ दिनकी सुत्केरी, श्रीमानका दुवै मृगौला फेल

कस्तो बिडम्बना  श्रीमती १५ दिनकी सुत्केरी, श्रीमानका दुवै मृगौला फेल
५ जेठ,
       साथमा पन्ध्र दिनकी सुत्केरी श्रीमती । काखमा अर्की १४ महिनाकी छोरी । घर धान्ने न कुनै व्यापार व्यवसाय छ न त कुनै जागिर नै ।मजदुरी गरेर जेनतेन जीवन धान्दै आएको छ परिवार । तर दुर्भाग्य कस्तो भने परिवार पाल्दै आएका घरमुलीका दुईवटै मृगौलामा खराबी भेटियो ।काभ्रेमा मजदुरी गर्दै आएका सिन्धुली बस्तीपुर १ का आइतसिंह तामाङको परिवारमा अहिले आकाश नै खसेजस्तो भएको छ । बनेपामा डेरा गरेर बस्ने यो परिवारको आम्दानीको अर्को कुनै त्यस्तो स्रोत छैन ।
              कमाउने घर मुली नै मृगौलाको खराबीका कारण विरामी परेपछि अहिले यो परिवारको बिचल्ली भएको छ ।तीन वर्षदेखि बनेपामा मजदुरी गर्दै आएका तामाङ भन्नुहुन्छ, ‘छोरो जन्मेको ३ दिनपछि नै म बिरामी परें न सुत्केरीको स्याहारसुसार गर्न सकिरहेको छु न म नै बाँच्न सक्ने भएँ ।’मजदुरी गरेर दैनिक जिविकोपार्जन गर्दै आएका तामाङको दुबै मृगौला फेल भएको अस्पतालले बताएपछि उहाँलाई आफ्नो उपचार कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । कोठामा बसेकाहरुसँग घरबेटीले चन्दा उठाएर नजिकैको अस्पताल त लगे, तर अस्पतालले उहाँको दुबै मृगौलामा खराबी भएको र थप उपचारको लागि काठमाडौंमा जान भनेको छ । तत्काल उपचार नगरे समस्यामा पर्ने बताए पनि रकम अभावका कारण थप उपचार गर्न नसकिरहेको तामाङ बताउनुहुन्छ ।
             साथमा पैसा नभएका कारणले होला तामाङलाई २५ किलोमिटर टाढाको काठमाडौं विदेश जस्तो भएको छ । ‘डाक्टरले काठमाडौं गएर उपचार गराउन भनेका छन्,’ उहाँ भन्नुहुन्छ ‘तर उपचार गर्ने खर्च नहुँदा काठमाडौं जान सकेको छैन ।’उमेरले ३६ वर्षका तामाङले ३ बर्षदेखि मजदुरी गरेर बचाएको रकमले बनेपा गोदाम चोकमा केही महिनाअघि होटल खोले पनि होटलमा व्यापार राम्रो भएन । होटलका सामान कोठामै थन्काएर पुनः मजदुरीमा फर्किएका आइतसिंह श्रीमती सुत्केरी भएपछि स्याहारमा लाग्नुभयो ।

सुत्केरी उतारेर फेरी मजदुरी गरेर परिवार पाल्ने योजना बनाएका उहाँ अचानक विरामी परेपछि यो परिवारमा दुख थपिएको छ ।

कपिल कोइराला/उज्यालो

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World