कतारमा कार्यरत पौन ९ करोडका बिजेता डिल्लीराम पराजुली भेटिए
२४ वैशाख,
कतार ड्युटी फ्री
सपको १० लाख अमेरिकी डलर विजेता डिल्लीराम पराजुली कतारमै कार्यरत नेपाली
नागरिक भएको पुष्टि भएको छ । पुरस्कार घोषणा भएको निकै दिनसम्म उनको पत्तो
नलाग्दा एकजना नेपालीले पाएको करोडौं रुपैयाँ गुम्ने हो कि भन्ने आशंका
बढेको थियो । तर, उनी पुरस्कार दाबी गर्न गइसकेका छन् ।
सन् १९९९ देखि कतारमा कार्यरत साधारण श्रमिक डिल्लीरामले जितेको रकम
प्राप्त गर्न कतार एयरवेजको र ड्युटी फ्री कार्यालयमा सम्पर्क गरी सबै
सक्कली कागजात बुझाइसकेका छन् । तर, राहदानीको हस्ताक्षर र हालको
हस्ताक्षरमा फरक परेपछि उनी गत साता दोहास्थित नेपाली दूतावास पुगेका थिए ।
दूतावासबाटै सन् २००४ मा राहदानी नवीकरण गराएकाले उनी सो प्रमाणीकरण गर्न
आएको राजधानी दैनिकमा खबर छ ।
नेपाली मिडियाले आवश्यकभन्दा बढी प्रचार
गरेकाले फेसबुकसमेत बन्द गर्न बाध्य भएको गुनासो गर्दै पराजुलीले आङ्खनो
घर–ठेगाना सार्वजनिक नगरिदिन अनुरोध गरेका छन् । साधारण परिवारमा जन्मेका
डिल्लीरामले स्वदेश फर्कने क्रममा विमानस्थलको बोर्डिङ गेटबाट पछाडि फर्केर
ड्युटी फ्रीतिर हेर्दा १० लाख अमेरिकी डलर लेखेको ठूलो बोर्ड देखेपछि
चिट्ठा किनेको बताएका छन् । आफुले पहिलो पटक किनेकै चिट्ठा परेको पनि
उनले खुलाए । जितेको पैसा के गर्ने भन्ने योजना नबनाएका पराजुलीले थपे,
‘हालसम्म प्रक्रियामै छ, रकम प्राप्त भएपछि मात्रै योजना बनाउँछु ।’ उनले
यसभन्दा बढी आङ्खनो विवरण सार्वजनिक गर्न मानेनन् ।
0 comments
तपाईंको प्रतिकृया