विवाहको १३ दिनमै सम्बन्ध विच्छेद


विवाहको १३ दिनमै सम्बन्ध विच्छेद
१  जेठ,
         श्रीमानले मानसिक तथा शारिरीक यातना दिएको भन्दै तनहुँकी एक नव विवाहिता महिलाले विवाहको १३ दिनमै सम्बन्ध विच्छेद गरेकी छिन् । बैशाख १८ गते कास्की लुम्ले ८ का बुद्धिमान नेपालीसंग विवाह बन्धनमा बाधिएकी तनहुँ काहुँशिवपुर–१ झापुटारकी २७ बर्षिया दिलु नेपालीले विवाहको दुई साता नवित्दै सम्बन्ध विच्छेद गर्नुभएको हो ।
         विवाहको ३ दिन पश्चात २१ गते नै श्रीमानसंग झगडा भएको भन्दै माइत फर्किएकी दिलुले २३ गते नै जिल्ला प्रहरी कार्यालय तनहुँमा पतिले आफूलाई मानसिक र शारीरिक यातना दिएको निबेदन दिनुभएको थियो । दिलुले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेकोमा अदालतले बैशाख ३१ गते नै सम्बन्ध विच्छेदको फैसला सुनाएको दिलुका कानुनी सहयोगी अधिवक्ता अमृतबहादुर नेपालीले वुधवार जानकारी दिनुभयो ।
           जिल्ला न्यायधिस अजयराज उपाध्यायको ईजलासले दिलु र बुद्धिमानको सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World