प्रचण्ड लाई किन अंगुर अमिलो भयो त ?

Prachanda
राष्ट्रियता कमजोर भयो भन्नु अंगुर अमिलो भनेजस्तै
२ जेष्ठ,
       एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमालेले इतिहासमै अहिले राष्ट्रियता कमजोर भएको भन्नु 'अंगुर अमिलो' भनेजस्तै भएको बताएका छन् । दुई छिमेकीको सहयोग लिएर मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिमा लैजान आफू अगाडि बढिरहेका बेला दुवै पार्टीले राष्ट्रियता कमजोर ठानेको सुन्दा अचम्म लागेको उनले बताए ।'कांग्रेस, एमालेले राष्ट्रियता कमजोर भयो भन्नु वाहियात कुरा हो । अहिले धेरै सुदृढ राष्ट्रियता छ, जनता पहिलेभन्दा बढी सचेत छन्,' उनले कान्तिपुरसूग कुराकानी गर्दै भने, 'यो तर्क अंगुर अमिलो छ भनेजस्तै हो । आफूले गर्न नसकेपछि अंगुर अमिलो छ भनेर भागेजस्तो हो ।'  उनले परिस्थिति बदलिएको उल्लेख गर्दै परराष्ट्र नीतिलाई पनि नयाँ तहमा लानुपर्ने बताए । 'हाम्रा दुई छिमेकीको सहयोग लिएर छिटो विकास गर्नु राष्ट्रियता हो । पानी बगेर गएको गयै छ, त्यो पानीलाई सदुपयोग गर्ने उपाय खोज्नुपर्‍यो । मैले चीन र भारतलाई कर्णाली चिसापानी जलविद्युत्मा र लुम्बिनीलाई विश्व शान्ति स्थल बनाउन आग्रह गरें,' उनले भने, 'दुवैले यसमा लगानी गरे हामी कहाँबाट कहाँ पुग्छौं ? यो राष्ट्रियता हो कि, हामी राष्ट्रवादी हौं भनेर गाली गर्ने अनि गरिब भएको भयै हुने ?'
             त्रिदेशीय साझेदारीको कुरा नेपालको हितमा भएको दाहालले दाबी गरे । 'मैले त्रिदेशीय साझेदारी पहिलेदेखि भन्दै आएको छु । यो नेपाल राष्ट्रलाई स्वतन्त्र र समृद्ध बनाउने एउटा भिजन हो । गाली गरेर अब त्यति हित गर्दैन । माथि उठेर विचार गर्नुपर्छ,' उनको भनाइ थियो, 'राष्ट्रियताबारे नयाू बहस सिर्जना भएको छ । भारत र चीन मिलेर आउूदा नेपाल समृद्ध हुन्छ । दुवै छिमेकीको सहयोग लिएर नेपाल बनाउूछु भन्ने कुराको विरोध गर्ने हो भने त नेपाल भड्खालोमा जाओस् भनेको हो ।'
ekantipur  

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World