नपढ्नेलाई साढे ८ करोड
बैशाख २९,
काठमाडौं - पढ्नका लागि विभिन्न संघ
सस्थाबाट छात्रवृत्ति अर्थात फेलोसिप पाइन्छ भन्ने सुने जानेका तपाईं हामी
कसैले नपढ्नका लागि पनि पैसा पाइन्छ भन्दा त्यसलाई पत्याउन सक्दैनौं ।
तर पिटर थेलको संस्था थेल फाउण्डेसनले दुई
वर्ष नपढ्नका लागि १० लाख अमेरिकी डलर अर्थात साढे ८ करोड रुपैयाँ भन्दा
धेरै फेलोसिप दिँदै आएको छ ।यो फेलोसिप पाउने योय व्यक्तिको रुपमा
छानिएपछि भने तपाईंले आफ्नो पढाई २ वर्षको लागि पूर्ण रुपमा छाड्नु पर्छ ।
कुनै पनि प्रकारको औपचारिक शिक्षामा संलग्न हुन पाइँदैन ।तर फेलोसिप पाएको १० लाख अमेरिकी डलरलले तपाईं आफूले चाहेको कुनै पनि काम गर्न सक्नु हुन्छ जसले तपाईंको भविष्य उज्वल बनाउन सक्छ ।यो फेलोसिप २० वर्ष मुनिका युवाले पाउँछन्
। यस कार्यक्रम अन्तर्गत उनीहरुले पैसा मात्र पाउँदैनन् आफूले चाहेको
अनुसन्धान, व्यापार वा अरु यस्तै काम गर्न उनीहरुले व्यापार, विज्ञान र सबै
क्षेत्रका विज्ञको सुझाव र सहयोग पनि पाउँछन् ।
यस्तो अनौठो किसिमको मौका दिने संस्था थेल
फाउण्डेसन पिटर थेलको संस्था हो । थेलले नै अनलाइनबाट पैसा तिर्ने वेवसाइट
पेपाल बनाउनु भएको थियो । उहाँ फेसबुकको पहिलो बाहिरी लगानीकर्ताका रुपमा
पनि चिनिनुहुन्छ । पिटर थेलको संस्था थेल फाउण्डेसनले गएको ३ वर्षदेखि
संसारभरका प्रतिभाशाली युवाहरुलाई यस्तो मौका दिदैं आएको छ ।फेलोसिप सुरु गरेका थेल औपचारिक शिक्षाका आलोचकका रुपमा चिनिनुहुन्छ ।‘विद्यालय शिक्षा मान्छेलाई केही कुरा
सिकाउन आवश्यक छ ।’ थेलले भन्ने गर्नुभएको छ ‘तर जीवन बाँच्न औपचारिक
शिक्षाले नै सबै थोक सिकाउँछ भन्ने छैन, थेल फेलोसिप यस्तै युवाका लागि हो,
जो औपचारिक शिक्षाभन्दा पर रहेर आफ्नो बाटो आफैं बनाउन चाहान्छन् ।’यो वर्ष यो फेलोसिप पाउनेको नतिजा
प्रकाशित भइसकेको छ । अर्को वर्षका लागि केही दिनमै आवेदन खुल्ने थेल
फाउण्डेसनले जनाएको छ । गएको ३ वर्षमा २० भन्दा धेरै युवाले यो मौका
पाइसकेका छन् ।
यसका लागि संसारभरका युवाबाट हजारौं आवेदन
आउने गरेको यसको औपचारिक वेवसाइटमा जनाइएको छ । अहिलेसम्म यो फेलोसिपबाट
उत्पादित युवाहरुले ३० वटा कम्पनी स्थापना गर्नुका साथै ३ करोड भन्दा धेरै
अमेरिकी डलर लगानी गरिसकेको पनि वेवसाइटले जनाएको छ ।यस वर्षको फेलोसिप बेलायतका १८ वर्षिय
एण्ड्रयु ब्राकिन, चीनका १५ वर्षिय सिङ्जी चेन, भारतका रितेश अग्रवाल र
दिवङक सिंह तोमेरसँगै अरु १६ जनाले जितेका छन् ।
0 comments
तपाईंको प्रतिकृया