रोल्पा कारागारका सईसहित ६ जना प्रहरी निलम्वनमा
बैशाख २९ -
कारागार सुरक्षामा
लापरवाही गरेको भन्दै क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले रोल्पा
कारागारमा कार्यरत ६ जना प्रहरीलाई कारवाही गरेको छ ।रोल्पा कारागारवाट शनिवार राती सुरुड खनेर ८ जना कैदी भागेपछि सुरक्षा
लापरवाही गरिएको भन्दै उनीहरुलाई कारवाही गरिएको क्षेत्रीय प्रहरी कार्यालय
सुर्खेतले जनाएको छ ।कारवाही पर्नेमा एक जना प्रहरी सहायक निरीक्षक, एकजना हवाल्दार र ४ जना प्रहरी जवान रहेका छन् ।प्रहरी सहायक निरीक्षक वसन्त बस्नेत, प्रहरी हवल्दार छत्रवहादुर राना,
प्रहरी जवानहरु सुवास वराल, छविलाल वली, खड्कवहादुर आचार्य र रामबहादुर
थापालाई कारवाही गरिएको छ ।उनीहरुलाई छानविनको लागि ६ महिनाको लागि निलम्वन गरिएको क्षेत्रीय
प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी टपेन्द्रध्वज हमालले बताउनुभयो ।
उहाँले अनुसन्धानवाट दोषि देखिए जगिर जाने र निर्दोष देखिए कारवाही फुकुवा हुने जानकारी समेत दिनुभयो ।कारागरमा कार्यरत असइ शालिकराम बस्नेतलाई पनि विभागीय कारवाही गरी अनुसन्धान अगाडी वढाइएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।रोल्पा कारागारमा १९ जना प्रहरी कार्यरत थिए ।
0 comments
तपाईंको प्रतिकृया