रोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार
बैशाख २९ ,
रोल्पा कारागारबाट शनिबार राति
आठ जना कैदी तथा थुनुवा फरार भएका छन् । कैदीहरु कारागारको पश्चिमी भागबाट
सुरुङ खनेर भागेका हुन् । कैदी भागेको राति साढे १२ बजेतिर मात्रै
थाहा भएको प्रहरीले जनाएको छ । उनीहरु राति साढे ११ तिर भागेको हुन सक्ने
प्रहरीको अनुमान छ ।
सुरुङ खनेर भाग्नेमा अर्जुन सेन, ध्रुव
डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दिपक
पुन रहेका प्रहरी निरिक्षक सरोज पौडेलले जानकारी दिनुभयो । उनीहरु गैंडाको खाग तस्करी, जर्बजस्ती करणी र डाँका मुद्दाका अभियुक्त हुन् । कैदीहरु भागेपछि प्रहरीले रोल्पामा सुरक्षा सतर्कता बढाएको छ भने फरार कैदीहरुको खोजी गरिरहेको छ ।
कारागारमा १९ जना प्रहरी सुरक्षाका लागि खटिएका थिए ।
0 comments
तपाईंको प्रतिकृया