अमेरिकामा फेरी अर्को भयानक विष्फोटन, 70 को मृत्यु २०० भन्दा बढी घाइते (भिडियोसहित)
अमेरिकामा तीन दिनमा अर्को भयानक विष्फोटन भएको छ । सोमवार
बोस्टनमा भएको विष्फोटनमा तीन जनाको ज्यान गएको थियो । बुधवार रात
टेक्सासको एक फर्टिलाइजर प्लांटमा जबरदस्त विस्फोटन भएको छ ।यो विष्फोटनमा सत्तरी जनाको ज्यान गएको र करी दुइ सय भन्दा धेरै घाइते भएको
जनाइएको छ । बोस्टन म्याराथुनमा भएको आक्रमंणलाई आतंकवादी हमला भएको
जनाइएको छ भने साठी जनाको ज्यान जाने गरी भएको बुधबारको विष्फोटनको बारेमा
विस्तृत जानकारी प्राप्त भैसकेको छैन । यो घटना 9/11 पछि अमेरिकामा भएको
सबै भन्दा ठुलो आतंकी हमला थियो । यसको अनुसन्धान भैरहेको छ । यसै बीच
टेक्सासको भयानक विष्फोटन भएको छ, जसको मुख्य कारण हालसम्म खुलेको छैन ।
विष्फोटन
यति जोरदार थियो कि नजिकैको एक नर्सिग होम समेत भत्किएको थियो । विष्फोटन
पश्चात आगोको ज्वाला निकै माथि सम्म उठेको देख्न सकिन्थ्यो ।
भिडियो
भिडियो
- एजेन्सी

0 comments
तपाईंको प्रतिकृया