निगमको जहाज मुस्ताङमा दुर्घटना ठूलो मानवीय क्षती हुन पाएन
२ जेठ,
पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ ।विमान अवतरणका क्रममा रनवे भन्दा बाहिर गएपछि अनियन्त्रित भएर कालीगण्डकीको किनारमा खसेको थियो । चालक दलका तीनसदस्य पाइलट डी प्रधान, को पाइलट सुरेश केसी र एयर होस्टेज एसएम तामाङसहित ११ नेपाली र ८ जापानी यात्रु रहेको विमान दुर्घटना हुँदा पाँच जना गम्भिर घाइेत भएका छन् भने अन्यको अवस्था सामान्य रहेको छ । गम्भिर पाँच जनालाई थप उपचाकार लागि तारा एयरको विमानबाट पोखरा ल्याइएको छ । दुर्घटना स्थल नजिकै नेपाली सेनाको ब्यारेक भएका कारण छिटो उद्दार भएको थियो ।
onlinekhabar
0 comments
तपाईंको प्रतिकृया