डिभिजन ३ क्रिकेट: बर्मुडा विरुद्ध नेपालको सानदार जित


 बैशाख १८  -

 आइसिसी विश्व लिग डिभिजन तीन क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले हराएको छ । बर्मुडाको सेन्ट डेबिडमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । बर्मुडाले दिएको १०६ रनको लक्ष्यलाई नेपालले ११ ओभर २ बल खेल्दै पूरा गर्यो । नेपालका तर्फबाट कप्तान पारस खड्काले ४ विकेट लिनुका साथै नटआउट ४६ रन बनाए । अलराउण्ड प्रदर्शन गरेका पारस म्यान अफ द म्याच भए ।

खेलको पूरा स्कोरका लागि यहाँ क्लिक गर्नुहोला ।
यो जितसँगै नेपालको डिभिजन २ मा पुग्ने सम्भावना यथावत रहेको छ । यसअघिका दुई खेल हारेपछि आज नेपाललाई जित्नै पर्ने दवाव थियो । नेपाल र बर्मुडा एकदिवसीय खेलमा पहिलोपल्ट भिडेका हुन् । ट्वान्टी ट्वान्टीमा भने गएको वर्ष नेपालले बर्मुडालाई हराएको थियो । 


0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World