विद्यार्थी संगठनहरुद्वारा नेपाल बन्द फिर्ता

२८ वैशाख
           लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त गर्ने निर्णयको विरोधमा सडकमा उत्रिएका विद्यार्थी संगठनहरुले आफ्नो नेपाल बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।  भोलि (आइतबार)का लागि तय गरिएको नेपाल बन्दको कार्यक्रम फिर्ता लिने निर्णय भएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । बन्द फिर्ता लिनका लागि शनिबार काठमाडौंमा विद्यार्थी संगठनहरुको बैठक बसेको थियो ।
            ‘सबैको आग्रहलाई ध्यानमा राखेर भोलि (आइतबार)को नेपाल बन्दको कार्यक्रम फिर्ता लिएका छौं,’ उनले भने, ‘बन्दको साटो अरु आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने छौं ।’  चार राजनीतिक शक्तिको समर्थनमा कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरे पछि विभिन्न विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुमा नेविसंघ, एमाले निकट अनेरास्ववियुलगायतका छन् ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World