हामी कलाकार, पहिलो दर्जाको नागरिक, हामीले जे पनि गर्न पाउनु पर्दछ भन्दै उता हिडेका हुन् ।

nisha-adhikari-and-arjun-karki
                  कलाकार देशका गहना हुन् । गहना हुनुको सम्मानसँगै जिम्मवारीको गह्रौ भारी लिएछ आउँछ । कलाकार भएपछी कलाकारको इज्जत धान्न नसकिएपछी त्यही गहना बोझ बन्दछ । आफूलाई निकै प्रतिभाशाली मान्ने नेपाली नायीका निशा अधिकारी लाजै पचाएर चर्चा कमाउने नाममा गलत कुराको उदाहरण बनेकी छिन् र यसमा उनलाई साथ दिएका छन् खासै चर्चामा नआएका र धेरैले नचिन्ने एक नायक अर्जुन कार्कीले ।
             यी दुई नायक-नायीका सगरमाथा चढ्ने घोषणा गरेर आधार शिविरतिर लागेका थिए । तर, पछी थाहा भयो उनीहरू त पर्यटन मन्त्रालयको सगरमाथा आरोहण अनुमतिपत्र बिनै सगरमाथा चढ्दैछन् । यो उनीहरूलाई थाहा नभएर गरेको भने पटक्कै होइन् । उनीहरू त जानी जानी हामी कलाकार, पहिलो दर्जाको नागरिक, हामीले जे पनि गर्न पाउनु पर्दछ भन्दै उता हिडेका हुन् । उनीहरूलाई सगरमाथा चढ्न केही कर्पोरेट हाउसले पैसा पनि खन्याए । तर, अनुमति लिँदा लाग्ने पैसालाई जोगाउने सुरमा उनीहरूले मन्त्रालयसँग अनुमति लिन जरूरी ठानेनन् । तर, उनीहरूले आफूले के गर्दा हुन्छ र के गर्दा हुन्न भन्ने भने ठम्याउने सकेनन् र देशको नियम मिचेर सगरमाथा चढ्न हिडेँ । नायिका निशा अधिकारीलाई चिन्नेलाई त उनले सगरमाथा चढ्ने नाममा पनि पैसा कमाउन खोजेको आरोप लगाउँछन् । निशाका नजिक भनिएकाहरूले पनि नायीका निशाको अरूलाई प्रयोग गर्ने र आवश्यक परेको बेलामा ढोग्नै खोज्ने बानी रहेको बताउँछन् । उनले सगरमाथा जानु अघि थुप्रै कर्पोरेट हाउससँग पैसा लिएको र देखीने गरेर मेघा बैंक, रोटरी क्लब अफ नागार्जुन, सिटिजन बैंक र तितो सत्य युनिटले निशालाई सहयोग गरेको बुझीएको छ ।
                    यी दुइको वास्तविकता थाहा पाएपछि सगरमाथाको आधार शिविरमा रहेका हाई अल्टिच्यूड वर्करले पनि उनीहरूको चर्को विरोध जनाएका छन् । वर्करको विरोधपछि उनीहरूलाई सगरमाथा आरोहणमा लगेको कम्पनी सेभेन समिट ट्रेक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाले मन्त्रालयले रोके तुरून्त सगरमाथाको आधार शिविरमा हेलिकोप्टर पठाई नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई काठमाडौँ ल्याउने जवाफ दिएका छन् । तर, उनीहरूले अझै गल्ती स्विकार गरेर काठमाडौ फर्कने नैतिकता देखाएका छैनन् । यसरी कानुनी प्रक्रिया पूरा नगरी किन पठाएको भनेर सोधिएपछि शेर्पाले भने दुवै जना आफूकहाँ आएर रूनै खोजेका कारण पठाएको प्रतिक्रिया दिएका छन् ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World