' पोइला जान पाम्' की गायिकाको घोषणा '
गायिका कोमल वलीले आगामी संविधान सभाको निर्वाचनमा उमेदवार बन्ने बताउँदै
त्यसकालागि निर्वाचन आयोगमा कलाकारहरु सम्मिलित दल दर्ता गर्ने तयारी समेत
भइरहेको बताएकी छन् । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको साक्षात्कारमा
उनले त्यसका लागि कलाकारहरुले पटक पटक छलफल समेत गरिसकेको दाबी गरिन् ।
'अब केही दिनमा नै दल दर्ता गरी चुनावमा जाने निश्चित गर्नेछौ', ओलीले
भनिन्,'राज्यले कला संस्कृतिको सरक्षण र कलाकारहरुको मर्म कहिले पनि बुझेन ।
कलाकारहरु राज्यका गहना भएकोले राज्य यस विषयमा गंभिर हुनुपर्छ ।',
गायिका वलीले कलाकारहरुलाई राज्यले उपेक्षा गरेका कारण विदेशिन वाध्य भएको
गुनासो गर्दै कलाकारहरुको हितको लागि संगीत विकास बोर्डको स्थापना
हुनुपर्नेमा जोड दिइन् । उनले कलाकारहरु लाई विदेश भ्रमणमा जाँदा राज्यले
रातो पासपोर्टको ब्यवस्था गनुपर्ने माग गरिन् ।
0 comments
तपाईंको प्रतिकृया