भुट्टो हत्याको आरोपमा मुसर्रफलाई थप थन्न आदेश
१३ वैशाख, रावलपिण्डी
पाकिस्तानी पूर्व
सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर
भुट्टोको हत्यामा संलग्न भएको अरोपमा थप तीन दिन थुनामा राख्ने आदेश दिएको छ
। रावलपिण्डीको एक अदालतले भुट्टोको हत्याको
आरोपमा अनुसन्धानका लागि थप ३ दिन थुनामा राख्ने अनुमति दिएको हो ।
उहाँलाई पाकिस्तानको रावलपिण्डीमा रहेको आतङ्कवाद विरोधी अदालतमा उपस्थित
गराइएको हो । उहाँलाई करिब दुई हप्तादेखि आˆनै घरमा नजरबन्दमा राखिएको छ ।
मुसर्रफमाथि सत्तामा रहँदा पाकिस्तानका
एकजना न्यायाधीशलाई बर्खास्त गरी थुनामा राखेको अरोपमा पनि मुद्धा लगाइएको छ
। हाल उहाँ सोही मुद्धाको आरोपमा नजरबन्दमा नै हुनुहुन्छ । प्रहरी नियन्त्रणमा रहेका उहाँलाई बिहीबार
पनि अदालतमा उपस्थित गराइएको थियो । अदालतले आगामी मे ४ पछि लागू हुनेगरी
उहाँलाई थुनाको आदेश दिएको हो । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर
भुट्टोको सन् २००७ मा हत्या भएको थियो । आम निर्वाचनको प्रचारमा लागिरहेका
बेला उहाँको हत्या गरिएको थियो । रासस/एएफप
0 comments
तपाईंको प्रतिकृया