प्रचण्डको मानसिक सन्तुलन विग्रियो रे

११ बैशाख,
 नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष प्रचण्डको मानसिक सन्तुलन विग्रिएको टिप्पणी गर्नु भएको छ । ‘एमाले नामको पार्टी नै छैन’ भन्ने प्रचण्डको अभिव्यक्तिको जवाफमा एमाले नेता नेपालले मानसिक सन्तुलन विग्रिएको भन्दै भारतको राँची जान सुझाव दिनुभयो । उहाँले भन्नुभयो-’नेपालको लोकतान्त्रिक प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको एमाले कहाँ छ भन्ने जस्ता मानसिक रोगी नेताहरु पनि हाम्रो देशमा छ । त्यस्ता नेताहरुलाई तरुन्तै राँची लैजानु पर्छ ।
                  बर्दियामा केही दिनअघि भएको कार्यक्रममा प्रचण्डले ‘एमाले नामको पार्टी नै छैन’ भन्दै एकीकृत नेकपा माओवादी र कांग्रेस मध्ये एक रेज्न आग्रह गर्नु भएको थियो । केही दिन विदेश भ्रमण गर्दैमा अन्य नेता र पार्टीमाथि नाजायज टिप्पणी गर्न उहाँको भनाई थियो । एमाओवादीले सत्तालाई नै सर्वोवरी ठानेकाले मुलुक संकटको खाडलमा फसेको नेता नेपालको आरोप लगाउनुभयो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World