मरेपछि के होला तपाइँको इमेल अकाउण्ट ?

5300_00              तपाइँले कहिल्यै सोँच्नुभएको छ मृत्युपछि के होला भनेर ? आफु मरेपछि आफ्नो याद कसले गर्ला र ? भन्ने चिन्ता पनि लाग्छ होला । तर अब चिन्ता नगरे हुन्छ किनकी अरु कसैले तपाइँ हाम्रो मृत्युपछिको विषयमा चिन्ता नगरेपनि गुगलले गर्नेछ । गुगलले यस्तो चमत्कारी सेवा सुर गरेको छ जसले गुगल प्रयोगकर्ताका सबैखाले सामाग्री प्रयोगकर्ताको निधनपछि पनि जतन गरेर राखिदिनेछ । गुगलको डिजिटल आफ्टर लाइफ नामको यो सेवाले तपाइँका इमेल, पर्सनल च्याट जस्ता सबै चिजलाई सुरक्षित राख्नेछ जसलाई पछि तपाइँको डिजिटल इच्छाको आधारमा प्रयोग गरिनेछ ।
                   गुगलले यसका लागि आफ्ना प्रयोगकर्ताहरुसँग यो जानकारी माग्न सुरु गरेको छ की उनीहरु आफ्ना डिजिटल फोटो, डकुमेन्ट तथा अन्य इन्टरनेट सामाग्रीहरुलाई आफ्नो मृत्युपछि कस्तो प्रकारले राख्न चाहन्छन् ?गुगलको यो सेवामा निस्कृय गुगल एकाउण्ट व्यवस्थापकले गुगलबाट जिमेल, यु टοुब तथा गुगल प्लस लगायतका एकाउण्टमा रहेका प्रयोगकर्ताका डाटा माग्न सक्छ । अकाउण्ट डिलिट गरिसकिएका वा धेरै समयदेखि निस्कृय रहेका प्रयोगकर्ताका सामाग्रीहरु मात्र यसमा पर्नेछन् ।
                        अब गुगल प्रयोगकर्ताको अकाउण्ट सेटिङ पेजमा एक अप्सन रहनेछ । जसमा प्रयोगकर्ताले आफ्नो कुनै पारिवारिक सदस्य वा साथीको डाटा शेयर गर्ने अनुमति दिनेछन् । प्रयोगकर्ताले आफ्नो अकाउण्ट डिलिट गर्न तथा कुनै अरु व्यक्तिसँग शेयर नगर्ने मौका पनि पाउनेछन् । गुगलले आफ्ना प्रयोगकर्तालाई यो पनि स्पष्ट पार्न भनेको छ की कति समयपछि गुगलले प्रयोगकर्ताका इन्टरनेट डाटामाथि डिजिटल आफ्टर लाइफ सेवा प्रयोग गर्नेछ – कति दिनपछि आफ्नो अकाउण्टमा डिजिटल विल सम्बन्धि अलर्ट आउन बन्द हुने भन्ने विषय प्रयोगकर्ताको इच्छामा निर्भर रहन्छ । त्यस पश्चात् प्रयोगकर्तले दिएका अधिकतम १० जना व्यक्तिको अकाउण्टमा मृत्यु भएको मानिएको प्रयोगकर्ताका डाटाहरु पठाइनेछ । ती डाटालाई उनीहरुले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नेछन् । गुगल प्रयोगकर्ताका लागि अर्को बर्न नामक अप्सन पनि रहनेछ । यसको अर्थ यो अप्सन छान्नेको डिजिटल इन्टरनेट सामाग्री उनीहरु मृत्युपछि गुगलले डिलिट गर्नेछ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World