माया प्रेमको यहाँ बजार देखे

उनि   जस्ती    मैले   हजार    देखे 
माया   प्रेमको   यहाँ   बजार   देखे 

शहरको गल्ली   गल्लीमा  खोज्दा 
झुपडीमा   बस्नेको   दरबार   देखे 

त्यो गाउमा लुकामारी खेल्ने संग 
नचिने     पछि       बेकार     देखे 

यहाँ    पाउदा    मैले   आज  भोली 
उनको    शरीरको   व्यापार    देखे 

अन्जानमा   यो    रोहितको    सामु 
योवनमा     हराएको   बारबार  देखे 
रोहित शाही 'अनुरागी '

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World