पेट रोगमा बेसार प्रभावकारी हुन सक्छ



Health                     मसलाका रूपमा उपयोग गरिने बेसारको सेवन उपयुक्त मात्रामा गरिए पेट पोल्ने र अल्सर हुने जस्ता समस्या हटाउन प्रभावकारी हुन सक्छ । 'एन्टि अक्सिडेन्टस एन्ड रिडाक्स सिग्नलिङ' मा प्रकाशित यो अनुसन्धान भारतीय वैज्ञानिकहरूले गरेका हुन् । यो अनुसन्धानले पेट सम्बन्धी समस्या निराकरणमा नयाँ औषधि विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । भारतीय उपमहाद्वीपमा बेसारको प्रयोग एन्टिसेप्टिकका रूपमा करिब तीन हजार वर्षदेखि हुँदै आएको छ । बेसारको पहेंलो रंग 'कुरकमिन' नामक अवयवले गर्दा हुन्छ । यही कुरकमिन चिकित्सामा प्रभावकारी हुन्छ । अनुसन्धान टोलीका प्रमुख इन्डियन इन्स्िटच्युट अफ केमिकल बायोलजीका वरिष्ठ वैज्ञानिक स्नेहासिक्ता स्वर्णकारका अनुसार कुरकमिन पेटको रोग, त्यसमा पनि पोल्ने र अल्सर निको पार्न धेरै प्रभावकारी हुन्छ ।
कुरकमिन यति लाभदायक भए पनि सावधान हुनुपर्ने कुरा के छ भने, यसको कम मात्रा प्रभावकारी छैन भने बढी मात्राले स्थिति बिग्रन सक्छ । अनुसन्धाताहरूका अनुसार, उनीहरूले कुरकमिनको उपयुक्त मात्राको खोजी गरेका हुन्, जसको सेवन उपचारको दृष्टिले लाभदायक छ । पेट पोल्नु र अल्सरको समस्या धेरै बढी पीडानाशक औषधि -पेनकिलर) को सेवन र तनावले गर्दा हुन्छ ।
अनुसन्धानमा बेसारको उचित मात्रा मुसालाई दिएर परीक्षण गरिएको थियो । मुसाको तौल अनुसार उचित मात्रा प्रति किलोग्राम ५० मिलिग्राम हो, जुन मानिसको प्रतिकिलोग्राम एक सय मिलिग्राम बराबर हुन्छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World