बलिउडका तरुनीसँग सल्किएका क्रिकेटरहरु (फोटोफिचर सहित)
बलिउडका तरुनीसँग सल्किएका क्रिकेटरहरु (फोटोफिचर सहित)
भारतीय क्रिकेट खेलाडीहरु क्रिकेट मैदानमा जतिराम्रो प्र्रदर्शन गर्छन् प्रेम तथा रोमान्सको मैदानमा पनि उत्तिकै खरो उत्रिन सक्षम छन् । हुनत यो कुरा सबै क्रिकेटरमा लागु नहुन सक्छ । तर नाम चलेका केही स्टार क्रिकेटरहरु बल र ब्याटमा जस्तै पिरतीको खेलमा पनि राम्रैसँग चम्किन सफल भएका छन् । अझ क्रिकेटरहरुको अभिनेत्री तथा मोडेलहरुसँगको लसपसको खबरले बेलाबेलामा बजार तताउने गर्छ । भारतीय क्रिकेटरहरुमध्ये रोहित शर्मा, हरभजन सिंह, युवराज सिंह, महेन्द्रसिंह धोनी लगायतका नौजवानहरु विभिन्न अभिनेत्री तथा मोेडेलसँग नाम जोडिएकै कारण चर्चामा आए ।
रोहित शर्मा र अभिनेत्री सोफिया हायतबीच आजकल इलुइलु चलिरहेको हल्ला छ । पिचमा समेत राम्रै प्र्रदर्शन गर्ने रोहितको कामुक अभिनेत्री तथा मोडेल सोफियासँग उस्तै राम्रो रोमान्स चलिरहेको बताइन्छ । यस्तै नायिकासँग नाम जोडिने क्रिकेटरमा भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनी पनि पर्छन् । उनको कुनैबेला अभिनेत्री दीपिका पादुकोणसँग इलुइलु चलेको थियो । यद्यपि धोनी अहिले विवाह बन्धनमा बाँधिइसकेका छन् ।
केटा फेरिरहन खप्पिस मानिने दीपिका पादुकोणको बाहुपासमा अर्का क्रिकेटर युवराज सिंह पनि कुनै बेला परेको हल्ला चलेको थियो । युवराज सिंहको नाम नायिका किम शर्मासँग पनि जोडिन पुग्यो । वास्तवमा युवराज र किमबिचको सम्बन्ध पछिल्ला वर्षमा नायिका र क्रिकेटरबीचको अफेयरमध्ये सबैभन्दा बढि चर्चामा रहेको थियो । यस्तै बलर हरभजन सिंह र गीता बासरा तथा जाहिर खान र इशा सरवानी बीचको अफेयर पनि चर्चामै रहन सफल भयो ।
बलिउडका सुन्दरीहरु केवल स्वदेशी क्रिकेटरहरुलाई आकषिर्त गर्न मात्र सफल भएनन् । उनीहरु एक से एक विदेशी क्रिकेटरहरुलाई पनि माया जालमा फसाउन सफल भएका छन् । पाकिस्तानी क्रिकेटर इमरान खान र बलिउड अभिनेत्री जिनत अम्मान तथा वेष्ट इण्डिजका विवियन रिचार्ड र निना गुप्ताबीचको सम्बन्ध यसको उदाहरणको रुपमा लिन सकिन्छ ।
जाहिर खान – इशा सरवानी
0 comments
तपाईंको प्रतिकृया