बिहेबाट मानिसहरु कहिले सम्म खुशी तथा आनन्दित...



       बिहे गरे पछी मानिसहरु यसबाट कहिले सम्म खुशी तथा आनन्दित रहन्छ त ? एक शोधका अनुसार बिश्वमा मानिसहरुले बिहेको बास्तविक आनन्द २ बर्ष ११ महिना ८ दिन सम्ममात्र रहने देखाएको छ।शोधकर्ताहरुले यस नतिजा चार हजार दम्पतीहरुमा शोध गरेर निकालेका थिए।

        शोधका अनुसार यती समय भित्र लोग्ने स्वास्नीले एक अर्काको अधिकासं राम्रा तथा नराम्रा बानी व्यहोरा बारे जानी सकेको हुन्छ। यती समय सम्ममा उनीहरुले यौन आनन्द पनि पुर्णतया पाईसकेको हुन्छ तथा भविष्यबारेमा पनि सोची सकेका हुन्छन। डेली एक्सप्रेस’ का अनुसार, शोधकर्ता कैरोल रिचर्डसनले भने, ‘हाम्रो शोधले विवाह को तीन वर्षमा सबै कुरा साधारण भईसकेको हुन्छ।

         जोडीहरुले अधिकासं समय सम्म राम्ररी बिताईरहेको हुन्छन्। श्रीमानले कहिले काँही खाना बनाउछ त कहिले भाडाहरु समेत धुन मद्यत गर्दछ’ शोधकर्ताले अगाडी भने, ‘हामीले कुनै पनि दाम्पत्य जीवनमा सुःख पाउन महँगा सामानहरुको उपहार चन्दा एक अर्कालाई दिने समयको धेरै महत्व हुने रहेछ। एक अर्काको खास अवसरहरुमा दिईने समयले एक अर्कामा आदरको भाव बढ्ने गर्दछ।
’ 
         अध्ययनले दुई बर्ष चार महिनासम्म पनि एक अर्कासंग राती खाना खान निस्कने तथा घुम्न मनपराउने हुन्छ। अढाई वर्ष पछी श्रीमतीलाई फुल र चकलेट मनपर्न थाल्छ। बिवाहको तीन बर्ष सम्म यस्तो अवस्था बाँकी रहन्छ त्यस पछी बिस्तारै श्रीमानले घरमा काम गर्न छाड्छ, त्यस पछी एक अर्कालाई घुर्क्याउन शुरु हुन्छ। एक अर्कालाई भन्दा टिभी तथा आ-आफ्ना साथीहरुलाई बढी महत्व दिन थाल्छ। यसबाट बिस्तारै यी जोडीहरुमा बितर्ष्णा जाग्न थाल्छ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World