केहि प्रेम को बारे मा जानी राखौ
- सृष्टिको मूल प्रेरणा हो। यो हृदयको इन्द्रेणी हो। यसमा विभिन्न किसिमका अनुभूति र प्रभाव पाइन्छ। प्रेमले हाँसो र आँसुसँग खेल्छ। विवाह एवं जीवनमा सफलता प्राप्त गर्ने एक मात्र सिद्धान्त छ- त्यो हो प्रेम। यदि तिमीमा शारीरिक सुन्दरता छैन- नराम्रा छौं भने मलाई कसैले पनि प्रेम गर्ने छैनन भनेर निराश नहोउ। सम्झ, प्रेम तिम्रा निम्ति पनि उत्तिकै छ, जत्ति अरूका निम्ति, यो निश्चित छ कि तिमीमा पनि कसैले सौन्दर्यको चमक देख्नेछ।
- जहाँ शुद्ध प्रेम छ, त्यहाँ अधिरतालाई स्थान हुँदैन। शुद्ध प्रेम देहको होइन केवल आत्माको नै हुन्छ। देहप्रेम विषय हो। आत्म प्रेमका निम्ति कुनै बन्धन, बाधा हुँदैन, परन्तु यस किसिमको प्रेममा तपस्या हुन्छ र धैर्यता यति हुन्छ कि त्यसले मृत्युपर्यन्त पर्खन गर्न सक्छ।
- प्रेमभन्दा ठूलो वस्तु यो संसारमा अरू केही छैन। केवल सत्यले नै असत्यलाई, प्रेमले क्रोधलाई, आत्मीयताले हिंसालाई शान्त गर्छ। यि सनातन नियम सबैका निम्ति हुन। प्रेमले कहिल्यै दावी गर्दैन। लिंदैन, दिइदै रहन्छ, अर्थात् दिनु यसको स्वभाव हो। प्रेमले सहन्छ, विरोध गर्दैन, न त यसले बदला नै लिन्छ।
- जहाँ पवित्रता छैन, त्यहाँ प्रेम हुँदैन।विश्वास र आकांक्षा रूपमा परिवर्तित हुने प्रेम हुन्। प्रेम असिम होस्, कुनै वस्तु वा परिस्थितिमा बाँधिएको नहोस, जो सबका निम्ति बराबर होस, सीमित प्रेम स्वार्थ हो।
- प्रेम र कलाका बीचमा यही अन्तर छ— प्रेमले जुन वस्तुलाई व्यक्तिगत राख्छ, त्यसलाई कलाले सार्वभौम बनाइदिन्छ। प्रेमको प्रेरणा पाएर नै मानिस सिर्जनशील हुन्छ अनि जस्तो आदेश त्यसबाट पाउँछ, त्यस्तै किसिमले आफूलाई सजाउँदै लान्छ।
- प्रेमले पापी अनि अपराधीलाई समेत सुधार्छ। त्यो श्रीमान् जसले आफ्नी श्रीमतीलाई प्रेम गर्छ, उसले आफैलाई प्रेम गर्छ। प्रेम यस्तो हतियार हो, जसको प्रयोगले शत्रु पनि मित्र बन्छ।
- परमात्मा पूजाको होइन प्रेमको भोका छन्। लुप्त प्रेमले जीवनलाई मूल्यवान् बनाइदिन्छ।
- आजभोलिको समयमा शुद्ध प्रेम र विवेक अलग-अलग नै रहन्छन्। विनाप्रेम सम्पूर्ण धन अर्पण गर्नाले कुनै लाभ हुँदैन। प्रेम नै धैर्य तथा कृषा हो, प्रेममा ईष्र्या हुँदैन प्रेमले न आफ्नो बढाइ चढाइ गर्छ, न यो घमन्डले नै फुल्छ।
- मानिसको हृदयमा सच्चा प्रेमको विलक्षण प्रभाव पर्छ। पवित्र प्रेमको उपासनाले मनुष्य अमर हुन्छ, सत्य प्रेमबाट स्थिरता उत्पन्न हुन्छ। पूर्ण प्रेमले भय निवारण गर्छ।
- यदि कोही तिम्रो भनाइ अनुसार चलेन भने पनि कदापि उसको कुभलो नचिताऊ, परन्तु उसँग प्रेमको भावना राखसृष्टिको मूल प्रेरणा हो। यो हृदयको इन्द्रेणी हो। यसमा विभिन्न किसिमका अनुभूति र प्रभाव पाइन्छ। प्रेमले हाँसो र आँसुसँग खेल्छ। विवाह एवं जीवनमा सफलता प्राप्त गर्ने एक मात्र सिद्धान्त छ- त्यो हो प्रेम।
- यदि तिमीमा शारीरिक सुन्दरता छैन- नराम्रा छौं भने मलाई कसैले पनि प्रेम गर्ने छैनन भनेर निराश नहोउ। सम्झ, प्रेम तिम्रा निम्ति पनि उत्तिकै छ, जत्ति अरूका निम्ति, यो निश्चित छ कि तिमीमा पनि कसैले सौन्दर्यको चमक देख्नेछ।
- जहाँ शुद्ध प्रेम छ, त्यहाँ अधिरतालाई स्थान हुँदैन। शुद्ध प्रेम देहको होइन केवल आत्माको नै हुन्छ। देहप्रेम विषय हो। आत्म प्रेमका निम्ति कुनै बन्धन, बाधा हुँदैन, परन्तु यस किसिमको प्रेममा तपस्या हुन्छ र धैर्यता यति हुन्छ कि त्यसले मृत्युपर्यन्त पर्खन गर्न सक्छ। प्रेमभन्दा ठूलो वस्तु यो संसारमा अरू केही छैन। केवल सत्यले नै असत्यलाई, प्रेमले क्रोधलाई, आत्मीयताले हिंसालाई शान्त गर्छ। यि सनातन नियम सबैका निम्ति हुन।
- प्रेमले कहिल्यै दावी गर्दैन। लिंदैन, दिइदै रहन्छ, अर्थात् दिनु यसको स्वभाव हो। प्रेमले सहन्छ, विरोध गर्दैन, न त यसले बदला नै लिन्छ। जहाँ पवित्रता छैन, त्यहाँ प्रेम हुँदैन।विश्वास र आकांक्षा रूपमा परिवर्तित हुने प्रेम हुन्। प्रेम असिम होस्, कुनै वस्तु वा परिस्थितिमा बाँधिएको नहोस, जो सबका निम्ति बराबर होस, सीमित प्रेम स्वार्थ हो।
- प्रेम र कलाका बीचमा यही अन्तर छ— प्रेमले जुन वस्तुलाई व्यक्तिगत राख्छ, त्यसलाई कलाले सार्वभौम बनाइदिन्छ। प्रेमको प्रेरणा पाएर नै मानिस सिर्जनशील हुन्छ अनि जस्तो आदेश त्यसबाट पाउँछ, त्यस्तै किसिमले आफूलाई सजाउँदै लान्छ।
0 comments
तपाईंको प्रतिकृया