प्रेम एउटा आकर्षण मात्र होइन, शरीरले शरीको माग गर्दछ,......
प्रत्येक वर्षमा मनाइने प्रेम दिवससँगै प्रेमका अद्भुद र नयाँ रुपहरु हामीले देख्न
पाइन्छ । आजभोली बजारमा प्रेमको अनेकौँ प्रकारहरु देख्न पाइन्छ । वास्तवमा हामीले
प्रेम शव्दलाई बुझ्न जान्नुपर्छ । हामीले मन भित्रको मायालाई बुझ्न सक्नुपर्छ ।
प्रेम शव्दको गहीराइ यदि गहन छ जुन अहिलेको युवा पुस्ताले बुझेको भन्दा निकै फरक छ
। प्रेम मानवको स्वभाव हो, यो जिवनको एउटा उच्चतम अवस्था हो, मगमग सुवास छरेर
फुलेको फूल जुन अवस्थामा छ त्यो प्रेमको अवस्था हो । बलेको दियो जुन अवस्थामा
हुन्छ, त्यो प्रेमको अवस्था हो । जसरी सूर्यले सवैलाई बरावरी किरण छरीरहेको अवस्था
हो, त्यो प्रेमको अवस्था हो । जुन दिन व्यक्ति प्रेमको स्थितिमा पुग्छ, त्यो दिन
उसले २४ सै घण्टा प्रेम दिवस वा प्रेम उत्सव मनाइराखेको हुन्छ । विशुद्ध प्रेम
गर्नेहरु सँधै खुसी हुन्छन्, निडर हुन्छन् अनि उनिहरुको मायामा आत्मविश्वास हुन्छ ।
तर यहाँ सत्य प्रेमको निकै ठूलो अभाव छ, यहाँ स्वार्थ विनाको मायाको हाहाकार छ ।
वास्तवमा मायामा लिन हैन दिन जान्नुपर्छ र यहाँ पाउँदा घाँडो मान्ने र नपाउदा दुःखी
हुनेको निकै ठूलो हिस्सा रहेको छ ।
प्रेम एउटा आकर्षण मात्र होइन, शरीरले
शरीको माग गर्दछ, जसलाई हामी कामवासना भन्छौँ, त्यही काम वासनालाई प्रेम ठानेको
अवस्था हो अहिले युवाहरुले । मनले मनको माग गर्दछ, जसलाई हामी माया भन्छौँ, त्यही
मायालाई हामीले प्रेम ठानीरहेको स्थिति हो अहिले । तर जव आत्मले आत्माको माग गर्दछ
भने त्यही नै सच्चा प्रेमको अवस्था हो । प्रेम एउटा सकारात्मक उर्जाको प्रवाह हो ।
कसैलाई देख्दा जव आकर्षण आउँछ तर अर्कालाई देख्ना प्रेमानुभूती हुँदैन भने त्यो
सच्चा प्रेम होइन । जो सुकै होस्, सवैप्रति एउटा सकारात्मक आकर्षणता पैदा भएको
स्थिति प्रेमको स्थिति हो । प्रेम वावुआमा र छोराछोरी विच पनि हुनसक्छ, दाजुभाइ र
दिदीवहिनीमा पनि अथाह माया हुन सक्छ । तर यो भन्दा विल्कुलै फरक छ अर्को माया जहाँ
युवापुस्ताहरु निकै दौडिरहेका छन् । कति सफल छन्, कति विरक्तिएका छन्
।
प्रेम त हीरा हो, तर प्रेम हीरा हो भनेर कोइलालाई उपेक्षा गर्न मिल्दैन
किनकी कोइलाबाट नै हीरा हुने हो । यदी तपाइसँग कामवासना छैन भने त्यो विनाको
प्रेमको पनि कुनै अर्थ रहदैन । वास्तवमा आज प्रेम गर्ने तथाकथित प्रेमी प्रेमीकाहरु
पनि आफ्नो प्रेममा सन्तुष्ट रहेको पाइदैन । उनीहरु भन्दा दुःखी सायद अरु कोही
नहोलान् । वास्तवमा प्रेमले त आनन्द दिनुपथ्र्यो, प्रेमले त मस्ति दिनुपथ्र्यो,
ढुक्क हुने अवस्था सिर्जना हुनुपथ्र्यो, विस्वास दिनुपथ्र्यो व्याकुलता होइन्, तर
अहिले हरेक जोडीहरु व्याकुल छन्, जति प्रेमी प्रेमीका बनाएपनि युवाहरु तृप्त छैनन्
। यसमा काम, क्रोध, लोभ, मोह तथा अहंकारले ठूलो भूमिका खेलेको हुन्छ । यदि कुनैपनि
निस्वार्थ भावले प्रेम गर्ने हो भने अवश्य तृप्ती मिल्छ । जव प्रेमी प्रेमीकाले एक
अर्कालाई प्रेमामुर्ति मानेर पुजा गर्ने हो भने , सच्चा र निस्वार्थ भावले माया
गर्ने हो भनेमात्र उनिहरुको जोडीलाई निश्चल प्रेमाआकाशमा प्रेमपुञ्ज बनेर उडाउँछ ।
तर आज यहाँ दुःखी बनेका छन् मानिसहरु, वास्तविकता लाई नबुझिकन उनीहरुले सोचे जस्तो
कहाँ हुन्छ र जीवन ? अनि खोजेर कहाँ पाइन्छ र प्रेमी वा प्रेमीका ? यो त आफ्सेआफ
उत्पत्ति हुने कुरा हो । आखिर हामीले जे भोगिन्छ, जे गरीन्छ, त्यो नै जीवन हो र
त्यसैमा अडिएको हुन्छ माया । त्यसैले यदि कसैलाई माया गर्नुछ भने सकारात्मक सोच
हुनैपर्छ । अनि त्यो प्रेम सफल हुन्छ जुन प्रेमले केही चाहेकै हुँदैन मात्र निरन्तर
माया गरेको हुन्छ चाहे मायालु वस्तु आफ्नो वसमा होस् वा नहोस् । प्रेमलाई सफल
बनाउने हो भने एकले अर्कालाई आधिपत्य जमाउनु हुँदैन । प्रेमी वा प्रेमीकाले आफ्नो
प्रेमीलाई सम्पत्ति ठान्नु हुँदैन । एक अर्काको प्रति कदापी जासुसी गर्नुहुँदैन ।
तँ त मेरो हो, तैले अरुसँग हेर्नुपनि हुँदैन, बोल्नुपनी हुँदैन, मैले जे भन्यो
त्यही मान्नुपर्छ भन्ने जस्ता कुराहरु कदापी गर्नुहुँदैन । प्रेमी र प्रेमीका त
मन्दिरको खम्वा जस्तो हुनुपर्छ, जुन धेरै नजिक पनि हुनुहुदैन र धेरै टाढा पनि
हुनुहुँदैन किनकी खम्वाहरु धेरै नजिक वा धेरै टाढा जाँदाखेरी छाना भत्कन्छ, त्यसरी
नै प्रेमी र प्रेमीका धेरै नजिक हुँदा पनि आकर्षण घट्छ र धेरै टाढा हुँदाखेरी पनि
जति हुनुपर्ने हो त्यो आकर्षण कायम नरहन सक्छ । त्यसैले प्रेमलाई कायम राख्ने हो
भने निस्वार्थ तँ दे वा न दे म दिन चाहन्छु भन्ने भावना हुनुपर्छ । यहाँ त आफूले
दिनु कहाँ छ कहाँ उस्ले मलाई प्रेम गरेन, त्यो दोषी भनेर आरोप लगाउने चलान छ ।
यस्ता कुरालाई निराकरण गर्यो भने अवश्य नै घर मन्दिर हुन्छ र प्रेमी र प्रेमीका
मन्दिरका देवी देवता हुन्छन् ।
वास्तवमा हामीले बुझेको शारीरिक र मानसिक आकर्षण
त प्रेम हैन । आत्मिक स्थिती नै प्रेम हो र हामीले शारिरीक आकर्षणलाई आत्मिकता तिर
मोड्न सकेमा हामी अमर प्रेमको उकाली चढ्न थाल्नेछौँ जहाँ हामीलाई आध्यात्मिक
ज्ञानको पनि आवश्यकता पर्न जान्छ । पहिले प्रेम के हो भनेर बुझ्नुपर्छ अनि मात्र
प्रेमको कार्यान्वयन गर्नुपर्छ किनकी प्रत्येक मानवको मुटुको धड्कनमा माया धड्केको
हुन्छ । यसको अर्थ नवुझेर नै कतिलाई मायाले रुवाएको छ, कतिलाई तड्पाएको छ । त्यसैले
हरेकका मनमा सँधैका लागि मायाको व्यवहार हुनुपर्छ अनि हामी मायामा दुःखी होइन सुखी
बन्नुपर्छ ।
0 comments
तपाईंको प्रतिकृया