प्रेममा अन्तरबियोहरु.............
मेरा अपार प्रेमका अन्तरबियोग केन्द्रहरुलाई चितामा दागबत्ती दिएर
स्वर्णिम आनन्दको अनुभुती मात्रै गरिनौ, एकपक्षिय प्रेमको अथाहा गहिराइमा
पौडिएर जीवनको भिख थापिरहेको जिउदो लाशलाई सम्मानको दोसल्ला समेत भिराउन
असमर्थ देखायौ । हो दौलातको महलमा सयलको जिन्दगी दिने औकात थिएन
मेरो साथै सम्पन्नताको डोली चाढाएर खुशीको मनोरम स्फटिक चुमाउने हैसियता पनि
कहाँ थियो र ? त्यसैले तिमीलाई गुमाएकोमा कत्तिपनी दु:ख छैन । सदा तिम्रो
खुशी चाहने शुभ चिन्तकको नाताले पनि त म तिम्रो इच्छा - अकांक्षालाई लुट्न
सक्दिन । चाहे त तिमीलाई एउटा पागल ले जे पनि गर्न सक्छ तर भनिसके तिम्रो प्रतिबिम्बको झझल्को मा मात्रै जिउने कोसिस गरौला तर कसैको
जिन्दगीमा उजाड मरुभुमी बनेर छोड्न चाहन्न ।
प्रिया मैले त तिम्रो
सम्झनामा सच्चा प्यारको आँशु बगाएको छु । तर तिमीले मेरो आत्मालाई
सम्बेदनाका
शब्दहरुपनि खर्चिनौ, त्यसैले सम्हाल्न सकिन छिया-छिया बनेको हृदयलाई प्रेम अप्राप्तिको बियोगमा डुबेको लामो समय पश्चात यस पत्र मार्फत के कुरा
स्मृति गराउन चाहन्छु भने म तिम्रो प्रेमको दास हुँ, सक्छौ भने जीबनको
कुनैपनी मोडमा सिर्फ एकपटक प्रेम गर्ने अबसर देउ , म तिमीलाई असिम स्नेहको
ताजमहलमा अपार माया दिनेछु । मेरा असिमित मायाको उर्लदो भेलमा आफुले आँफैलाई
भुलेको पत्तै पाउनेछैनौ। मबाट के कुराको अपेक्षा राखेर सम्बन्ध गासेकी थियौ र
के पाइनौ ? आखिर मेरो के नै
कसुर थियो र ? मैले तिम्रो के नै बिगारेको थिए ?
आज आएर मर्नु न बाच्नुको दोसाधमा उभ्याइ छाड्यौ । हुनत गल्ती मेरै थियो सजाए
पनि म आँफै नै भोग्दै छु किनकी तिमीलाई र तिम्रो नाटकिय प्रेमलाई चिन्न
नसक्नु अनि तिम्रो प्रस्ताब स्विकार गर्नु तसर्थ आज आत्मा ग्लानिको रापले
छट्पटाइ रहेको छु । यो संसार परिवर्तित छ , परिवर्तित संसार सँगै
परिवर्तन भयौ यदि धोका नै दिनु थियो त किन झुटो सपना देख्यौ ? आफुले
आफुलाई के सोच्छ्यौ ? स्वर्गकी अप्सरा या त धर्तिकी मोनालिसा ? आखिर कस्को पो
संसार शुन्य होला र ? यदि संसार शुन्य नै भएको भए पनि एक न एक वसन्तमा बहार
कसो नआउला ? निष्ठुरी , जिन्दगी संघर्ष हो अनी हाम्रो यात्रा फरक फरक
भए पनि गन्तब्य एउटै हो । जिन्दगी जिउने क्रम मा दौडदा दौडदै ठेस लाग्न
सक्छ त्यतिबेला मलाई सम्झेर नसुस्ताउनु होला । भनिन्छ समयले दिएको घाउ समयले
नै पुर्छ रे जुन समयले तिमी सँग परिचय गरायो त्यही समयले नै बिर्सन वाध्य
बनाउदो रहेछ । केबल विछोड को पिडा र रोदनले सताएको छ ।
आँशु नै जीवनको साथी
बनाइ बाँच्न विवस छु । तर पनि तिमीमा कुशलता को कामना गर्न
यो बिद्युतिय
हुलाक सेवाको साहारा मार्फत सन्देश पठाउन गैरहेको छु । कतै तिम्रा निर्दोश
आँखाहरु मेरो सन्देशमा पर्यो भने अतितको प्रेम सम्झेर मलाई माफ गरिदेउ ।
अतितमा तिमी सँग
गरेको प्रेमले वर्तमानमा घच्घच्याउदा दुखित हृदयलाई
सान्त्वना दिने उद्धेश्यले पत्रको रुपदिन बिबश र वाध्य छु । सुशी तिमी महान
रहिछेउ किनकी तिमीले सच्चा प्रेमको परिभाषा पनि बुझेकी रहिछौ किनभने मानब
हृदयमा आगो सल्काउने चलचित्रका नायक नायिकाहरुपनि काल्पनिक र कथा सरह अभिनय
गर्दै जान्थे तर
त्यो काल्पनिक कथा कसैको लागि वास्तबिक हुन्छ भन्ने
तिनिहरुलाई जानकारी नहुँदा म
जस्ता कयौ साचो प्रेम गर्ने अबुझहरु पानी बिनाको
माछा, पुर्णिमा बिनाको औशिको रात जस्तैमा छट्पटिनु परेको छ। हुनत मेरो
जीवनमा हासो खुशी मिलन र उल्लास कहिल्यै पनि लेखेको छैन रहेछ । भगवानले मेरो
भागमा मात्र आँशु, पिडा , रोदन बिछोड र धोका मात्रै लेखिदिएको रहेछ । तर केही
छैन आँशु पिएर बाँचेकै छु ।
तिमीजस्तो लाखौं धोकेबाज विश्वासघाती
नायक-नायिकाहरुलाई शुभ- कामना दिन पाइरहेकै छु । आफू सफल हुन नसके पनि सबैलाई
सफलताको शिखर चुम्न सफल होउन भन्ने आशिर्बाद दिएकै छु । खेद छ तिमीलाई दोष
भने म दिन्न किनकी तिमी अर्काकी भैसकिछौ । त्यसैले प्रिय अतितको कथा र
इतिहास् पढेर पुर्खाले गरेको त्याग र बलिदान सम्झेर मातृभुमीको माटो छोइ कसम
तोडेजस्तै मेरो पवित्र प्रेम र वाचा बन्धनलाई तिरस्कार गर्न सफल भएकी
तिमीलाई यो अभागी अबिरलको लाखौं लाख शुभकामना ल........... सुशी, जुनदिन्
हाम्रो भेट भयो, त्यो दिन नै मेरो सामुन्ने आशा रुपी दियो नबालिदिएको भए
हुन्थ्यो । साँचो प्रेमको पारीभाषा दिदै धनी र गरीब अनी झुपडी र महल को
बेवास्ता गरी साँचो प्रेमको बाँचा नबाधेको भए मैले डुब्लिकेट मायाको माला उनेर
तिमीलाई पहिराइदिने थिए । तर के गर्नु म प्रेमको मामलामा अनभिग्य नै रहेछु ।
जुन हरियाली फुलवारिमा हाम्रो प्रेमको अंकुर पलाएको थियो त्यो झिनो त घातक
साबित भयो ।
मलाई लग्थ्यो हाम्रो जोडी राम र सीताको झै थियो। तर के गर्नु
अफसोच मायाको परिभाषा नबुझ्ने हरुलाई शिव र पार्वतीको झै वनाइदिए पनि घातक
हुदो रहेछ । आध्यात्मिक र धार्मिक ग्रन्थमा लेखिएको थियो भगवान
शिवले जोगिको भेष गरेर पार्वतीलाई छल गरेका थिए तर यहाँ त पार्वतीले शिवलाई
यो छल गरिन । हुन त यस्मा कुनै आश्चर्य छैन किनकी यो कलियुग हो । कलियुग मा
हरेक कुरा उल्टा चलिरहेछन । यहाँ युवकलाई युवती बनाइदै छ । साँचोलाई झुटो,
सत्यलाई असत्य, पवित्रलाई अपवित्र, चोरलाई सज्जन, सज्जन लाई चोर् बनाइदैछ। यो
वर्तमान कलियुगको बिकासित रुप हो । ठिकै छ मेरो प्रेम तिम्रा लागि बिष
साबित भयो म तिमीले गरेको बिश्वासघातलाई अमृत ठानी मृत्यु सैयामा पुग्दा समेत
जपिरहनेछु । प्रिया एउटा दु:खको कुरा भनौ या त गौरबको हाम्रो प्रेम
जुन हरियाली फूलबारिबाट शुरुवात भयो, त्यहिबाट अन्त्य पनि । सुशी,
तिमीलाई थाहा छैन कि यो छोटो प्रेममा तिमीले दिएको ईमेल अनी युगलरुपी फोटो
मैले आफ्नो मुटुमा सजएको थिए । तर आज यो सबै बिर्सन खोज्दै छु । तिमी जती
नै टाढा भएपनि मलाई धोका दिएपनि तिम्रो जीवन सुन्दर र पवित्रहोस् यही मेरो
माया र ममता जस्तो कहिल्यै कमी नहोस् भन्दै
अहिलेलाई ओझेलमा पर्न चाहन्छु । धन्यवाद
उही तिम्रो हुननसकेको
0 comments
तपाईंको प्रतिकृया