घातक हुन सक्छ इन्टरनेटको लत.......
अनुसन्धानकर्ताहरूले इन्टरनेटको कुलतले इन्टरनेट प्रयोगकर्ताहरूलाई शारीरिकदेखि मानसिकसम्म क्षति पुग्न सक्ने तथ्य पत्ता लगाएका छन्। चिनियाँ अनुसन्धानकर्ताहरूले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरूको मस्तिष्कको परीक्षण गरी यस्तो तथ्य पत्ता लगाएका हुन्।
हालैको मेगनेटिक रिजोनेस इमेजिङ नामक संस्थाले १४ देखि २१ वर्ष उमेर समूहका ३५ जना केटाकेटीको मस्तिष्कको स्क्यान गरेर इन्टरने टको लतको असरको अध्ययन गरिएको थियो, जसमा १७ जना इन्टरनेटको लत लागेका र बाँकी लत नलागेका युवाहरूलाई संलग्न गराइएको थियो। उक्त अनुसन्धान चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता हाओ लेइको नेतृत्वमा रहेको अनुसन्धान टोलीले गरेको थियो। अनुसन्धानकर्ताहरूले मस्तिष्कको स्क्यान गरेर परीक्षण गर्दा अत्यधिक इन्टरनेट चलाएका युवाहरूको मस्तिष्कमा क्षति पुगेको देखिएको थियो। उक्त अनुसन्धानअनुसार युवाहरूको मस्तिष्कको 'सेतो भाग' मा असर परेको देखिएको थियो। मस्तिष्कभित्रको सेतो भाग (ह्वाइट म्याटर) एउटा यस्ता पदार्थ हो जो अत्यन्त मिहिन रेशाको माध्यमबाट मस्तिष्कसंग जोडिएको हुन्छ। यसको बीचको सम्बन्ध टुट्न गएपछि इन्टरनेटको लत लागेकाले इन्टरनेट प्रयोग गर्न नछोड्ने मात्र होइन, लत लागेकाहरू उत्तेजित हुने, व्यक्तिगत निर्णय लिन अक्षम हुने र आत्मनियन्त्रण गुमाउने जस्ता समस्याहरू देखिन सक्छन्। यसका अतिरिक्त अस्वस्थता, टाउको तथा शरीर दुःखाइ, एकहोरोपनाजस्ता समस्या इन्टरनेट प्रयो गकर्ताहरूमा देखिन सक्ने वैज्ञानिकहरूको दाबी छ।
अध्ययनबाट मस्तिष्कको बनोटमाथि समेत असर परेको पाइएको थियो। अनुसन्धानमा इन्टरनेट प्रयोगकर्ताको मस्तिष्कमा कोकिन, कानाविस, मेथामफेटामाइन र केटामिनजस्ता लागूपदार्थ खानेहरूको मस्तिष्कमा जस्तै असर परेको पाइएको थियो। अत्यधिक इन्टरनेटको लत लागेकाको बानी-व्यवहारमा समेत परिवर्तन देखिएको अनुसन्धानमा उल्लेख गरिएको छ। उक्त अनुसन्धानसम्बन्धी विस्तृत विवरण द जर्नल अफ पब्लिक लाइब्रेरीमा प्रकाशित गरिएको छ। यसै सम्बन्धमा इम्पेरियल लन्डन कलेजकी डा हेनरिता बोउडेन जोन्सले यो अनुसन्धानले इन्टरनेटको लत र मस्तिष्कबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने प्रस्ट देखिएको प्रतिक्रिया दिएकी छिन्। चिकित्सा विज्ञानमा 'इन्टरनेट एडिक्सन डिस्अर्डर' हालै मात्र पहिचान गरिएका समस्या हुन्। यो अनुसन्धानले चिकित्सा विज्ञानमा ठूलो महत्व राख्ने अनुसन्धानकर्ताहरूको दाबी छ।
0 comments
तपाईंको प्रतिकृया