बि ग्रेडको फिल्ममा विना टपलेस


 पाकिस्तानी अभिनेत्री विना मल्लिक विभिन्न स्क्याण्डलका कारण समाचारमा छाइरहन्छिन् । केही महिनाअघि उनले एक म्यागेजिनका लागि नांगो तस्वीर खिचाएको खबरले चर्चा पायो ।
त्यसपछि उनी बेपत्ता भएको तथा एक कार्यक्रममा सेक्स गरेको हाउभाउमा प्रस्तुत भएको लगायतका घटनाले उनी चर्चाको केन्द्रमा रहिन् । यो बीचमा उनले प्लेब्वाइ म्यागेजिनले मागेको जति पैसा दिएमा आफु नांगिन तयार रहेको बताएर समेत चर्चा कमाइन् ।

यावत घटना परिघटनाहरुका बीच उनले बलिउडमा काम पाइरहेकी छिन् र उनले फुर्सदमा दिन कटाउनु परेको छैन । तर बलिउडका मूलधारका फिल्ममा उनले सोँचेजत्ति काम पाउन भने सकेकी छैनिन् । त्यहीँ भएर उनले दक्षिण भारतीय फिल्म तथा बी ग्रेडका फिल्ममा भएपनि तहल्का मच्चाउने काम गरिरहेकी छिन् । यहीँ मेलोमा विना मलिक एक बि ग्रेडको बलिउड फिल्ममा टपलेस अवतारमा देखा पर्दैछिन् ।
स्वेता तिवारीको फिल्म ‘दाल मे कुछ काला ह’ै मा विना टपलेस अवतारमा देख्न पाइने भएको हो । फिल्ममा पहिलोपटक टपलेस सिन दिएकी विना मल्लिकले यो फिल्मबाट थुप्रै चर्चा बटुल्ने आशा राखेकी छिन् ।
रिलिज हुने तयारीमा रहेको यो फिल्मको पोष्टरमा विनाको वक्षस्थल पैसाको नोटले ढाकिएको छ । यो फिल्ममा राजा चौधरी, ज्याकी श्रोफ तथा शक्ति कपूर लगायतको अभिनय छ ।
स्मरण रहोस् केही दिनअघि यो फिल्मको गीत विमोचन समारोहमा शक्तिले विनालाई चुम्बन गरेको समाचारले चर्चा पाएको थियो । साथै यो फिल्मका हिरो राजाले विनालाई बिहे गर्न चाहेको कुरा बताएपछि झनै ठूलो हंगामा मच्चियो 

News,Entertainment From Around The World