फेरि आर्को पत्रकारको घाँटि रेटि हत्या
काठमाडौं, भाद्र १८ । इराकमा इस्लामिक आतंकबादी समूह आइंएसले फेरी एक अर्का अमेरिकी पत्रकारको हत्या गरेका छन्। सिरियामा कार्यरत अमेरिकी पत्रकार स्टीवेन सोटलाफ हत्या गरिएको भिडियो सन्देश जारी गरिएको हो ।
भिडियोमा सोटलाफलाई घुँडा टेकाएर एक नकावधारी ब्यक्तिले चक्कुले घाँटी रेटेको दृश्य देखाइएको छ । गत सन् २०१३ देखि बेपत्ता रहेका सोटलाफलाई गत महिनामात्रै इस्लामिक स्टेटले आफनो कब्जामा रहेको खुलासा गरेको थियो ।सोटलाफ इस्लामिक स्टेटको कब्जामा रहेको जानकारी पाउने बितिकै उनका आमाले इस्लामिक नेता अबु बकर अल बगदादीले आफनो छोरा रिहा गर्न अपील गरेकी थिईन् । यता अमेरिकाले भिडियो सन्देशबारे छानबीन शुरु गरेको छ ।
ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले घटनाबारे छानबीन भइरहेको बताएका छन् । यसअघी सोही समूहले गत दुई साता अघी अमेरिकी पत्रकारको हत्या गरेको थियो भने गत साता एक कुर्दिश नागरिकको पनि शीर छेदन गरेको थियो ।
नेपाल प्रेस युनियनको आठौ महाधिवेशनमा मैले केन्द्रिय सदस्यका लागी उम्मेदवारी दिने इच्छा व्यक्त गरेपछि करिब ५० जना शुभचिन्तक तथा सुभेच्छुकहरुले फेसबुक मार्फत मेरो उम्मेदवारी घोषणा गरिदिनुभएछ ।-रासस
ADVERTISE
ADVERTISE


0 comments
तपाईंको प्रतिकृया