आजको पञ्चाङ्ग र राशीफल
आजको पञ्चाङ्ग र राशीफल,
आज मिति २०७१ साल भाद्र ६ गते शुक्रबार, तदनुसार अगस्त २२ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,
पञ्चाङ्ग
प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ ।
शौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको द्वादशी तिथि १८ घटि २७ पला अर्थात दिनमा १ बजेर ०१ मिनेटसम्म त्यस उप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा मिथुन राशिमा २५ घटि ५४ पला अर्थात दिनमा ४ बजेसम्म त्यसउप्रान्त कर्कट राशिमा प्रवेश गर्नेछ ।
आज दिनमा ३२ घटि १९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३८ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ । जोगिनुहोला ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल भाद्र ६ गते शुक्रबार बिहान ५:३८ बजेदेखि ७:०८ बजेसम्म चर बेला, बिहानमा ७:०८ बजेदेखि ८:३८ सम्म लाभ बेला, बिहानमा ८:३८ बजेदेखि १०:०८ बजेसम्म अमृत बेला, बिहानमा १०:०८ बजेदेखि ११:३८ बजेसम्म काल बेला, बिहान ११:३८ बजेदेखि दिनमा १२:०८ बजेसम्म शुभ बेला, दिनमा १२:०८ बजेदेखि २:३८ बजेसम्म रोग दिनमा २:३८ बजेदेखि ४:०८ बजेसम्म उद्वेग साँझ ४:०८ बजेदेखि ५:३८ बजेसम्म चर बेला रहनेछ ।
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज दक्षिण दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा १०:३० बजेदेखि १२:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

0 comments
तपाईंको प्रतिकृया