अर्जेन्टिना क्वार्टर फाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। मंगलबार
भएको प्रिक्वार्टर फाइनल खेलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा गरेको गोलको सहयोगमा १-० ले हराउँदै विश्वकपको अन्तिम आठमा पुगेको हो।

खेलको निर्धारित समयमा गोल नभएपछि थपिएको अतिरिक्त समयसमा डी मारियाले निर्णायक गोल गरेका थिए। डि मारियाले खेलको एक सय १८ औ मिनेटमा गोल गरेका थिए।

पहिलो हाफमा स्विटजरल्यान्डले दुईवटा खतरनाक मुभ गरेको थियो। २२ वर्षीय प्लेमेकर हेर्डन साक्विरीले सिर्जना गरेको अवसरलाई अर्जेन्टिनाका गोल रक्षक सर्जियो रोमेरोले विफल तुल्याएका थिए। १० औ मिनेटमा स्विस स्ट्राइकर जोसिफ डर्मिचको चिपले अर्जेन्टिनाका गोल रक्षक मोमेरो लाई काट्न नसक्दा गोल हुन सकेन। २८ औ मिनेटमा साक्विरीको प्रहारलाई रोमेरोले नै बचाएका थिए। पहिलो हाफमा नै लिननल मेसीको फ्री किकमा गोन्जालो हिगुएनको प्रहारले पोस्टको जाली चुम्न सकेन।

दोस्रो हाफमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको प्रहारलाई
स्विट्जरल्यान्डका गोल रक्षक डिएगो बेनाग्लियोले बचाएका थिए।
दोस्रो हाफमा स्विटरल्यान्डले रक्षात्मक रणनीति अपनाएको थियो।
फिफा वरीयतामा पनि अर्जेन्टिना र स्विट्जरल्यान्ड सँगसँगै छन्।

वरीयतामा अर्जेन्टिना पाँचौं र स्विटरल्यान्ड छैटौं स्थानमा आसीन छन्। अर्जेन्टिना समूह 'एफ' को विजेताका रूपमा र स्विट्जरल्यान्ड समूह 'ई'
को उपविजेताका रूपमा क्वार्टर फाइनलमा पुगेका थिए।
-एजेन्सी
अरु थप जानकारिको लागी याँहा क्लिक गर्नुहोस


0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World