खेल हारेपछि फोहोर टिपे जापानी समर्थकले

खेलमा हार जीत त भैइ नै हाल्छ तर पनि आफ्नो समर्थक टोलिले हार्दा मन अमिलो त सबैको हुन्छ नै!
हालै भैइरहेको बिश्वकप प्रतियोगितामा ब्राजिल पुगेका जापानी समर्थक हरुले आफ्नो नैतिक जिम्मेवारि तिर जुटे!

यो देखेर धेरैको आँखा त्यतातिर तानिएको थियो!
विश्वकप जस्तो ठूलो प्रतियोगितामा आफ्नो टोलीले गतिलो प्रदर्शन नगरे पछि जुनसुकै टोलीका समर्थकको पनि मन कुडिन्छ।
टोलीको खराब प्रदर्शनपछि केही समर्थक आँसु खसाल्छन् भने केही आक्रोशित भएर हूलदंगामा ओर्लन्छन्।

विश्वकपको २० औं संस्करणमा पनि आफ्नो टोलीको समर्थन गर्न विश्वभरिका समर्थक ब्राजिल पुगेका छन्।
यसैक्रममा एसियाली राष्ट्र जापानका समर्थक पनि ठूलो संख्यामा ब्राजिलमा ओइरिएका छन्। विश्वकपको समूह 'सी' मा रहेको जापानले गतिलो प्रदर्शन गर्न नसके पनि जापानी समर्थकको असल व्यवहारले धेरैको मन छोएको छ।
जापान र आइभरिकोस्टको खेल अवधिभर जापानी समर्थक आफ्नो टोलीको हौसला बढाउन एकतमासले चिच्याइरहे। उक्त खेलमा जापान २-१ गोलले पराजित भएपछि आइभरिकोस्टका समर्थक खुसियाली मनाउनतिर लागे। तटस्थ भएर खेल हेर्न
गएका दर्शक पनि खेल सकिएपछि रंगशालाबाट बाहिरिन हतारिएका थिए। तर जापानी समर्थक भने आफ्नो टोली पराजित भएपछि मलिन अनुहार लगाएर रंगशालामा यत्रतत्र फालिएको फोहोर संकलन गर्न लागे।

टोलीको पराजयको पीडा भुलेर जापानी समर्थकले फोहोर उठाउन लागेपछि धेरैको ध्यान त्यतातिर तानियो। यो दृश्यलाई प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिरहेका क्यामेराले पनि कैद गरे।
खेलमा हारजित स्वभाविक हुन्छ भन्ने यथार्थलाई आत्मसात गर्दै जापानी समर्थक आफ्नो नैतिक जिम्मेबारी पूरा गर्न जुटेको देखेर अरू केही समर्थक पनि आफूले प्रयोग गरेको खानेकुराको खोल उठाउन बाध्य भए।
जापानी समर्थकले आफ्नो टोलीको शुक्रबार बिहान भएको खेलमा पनि त्यस्तै व्यवहार देखाए।आफ्नो टोली ग्रिससँग गोलरहित बराबरीमा रोकिए पनि जापानी समर्थक रंगशालामा छरिएको फोहोर उठाएर संकलन गरेर मात्र बाहिर निस्किए। आफूले संकलन गरेको फोहोरलाई समर्थकले फोहोर फाल्न
राखिएको भाँडोमा लगेर फ्याँकेका थिए।
-एजेन्सी

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World