तेरिया मगरलाइ नेपालमा भव्य स्वागत
डान्स इण्डिया डान्स लिटिल मास्टर सिजन - ३ की प्रतियोगी नेपाली चेली तेरिया मगर नेपाल आएकी छिन्।
भारतीय टिभी च्यानल जि टिभीबाट प्रसारण भइरहेको रियालिटी शो डान्स इण्डिया डान्स लिटिल मास्टरको सिजन ३की प्रतियोगी नेपाली चेली तेरिया मगर नेपाल आएकी छिन् ।
नेपालको रुपन्देही जिल्ला रुद्रपुरकी टेरिया यस सिजनको उत्कृष्ट दशमा पुगिसकेकी छिन् । उनी आज दिउँसो २:३० मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा झरेकी हुन् ।
निर्णायक टोलीबाट पनि राम्रो कमेन्ट पाउँदै आएकी तेरियाको नेपालमा पनि धेरै प्रशंसक रहेका छन्।
अहिले उनको स्वागतको लागि त्रिभुवन विमानस्थल मा शुभचिन्तकहरुको भीड लागेको जानकारि प्राप्त भएको छ!
0 comments
तपाईंको प्रतिकृया