बाबुले गरे आफ्नै छोराको हत्या


इलाम : इलाम नगरपालिका ६ का याम बहादुर राईले आफ्नै छोराको हत्या गरेका छन्। मंगलबार राती साढे ८ बजे गोदक ५मा रहेको डेरामा पुगेर झड्केलो छोरा टाँसी लामा शेर्पाको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या आरोपी राई र मृतक १८ वर्षीय शेर्पा सामान्य ठेका पट्टाको काम गर्दै आएका थिए। राई दुई दिनदेखि इनपास्थित घरबाट बिना खबर निस्किएको उनकी श्रीमतीले प्रहरीसमक्ष जानकारी दिएको प्रहरी निरीक्षक बसन्त मण्डलले जानकारी दिए। राई 'डिप्रेसन' का बिरामी रहेको परिवारले जनाएको छ।
दुई दिनदेखि औषधिसमेत नखाएका उनले धारिलो हतियारले छोरालाई आक्रमण गरेको उनीसँगै रहेका जितपुरका जंगबहादुर राईले प्रहरीसमक्ष जानकारी दिए। याम बहादुरले आफूलाई
समेत काट्ने प्रयास गरेको बताए।

कोठामा आउनासाथ हतियार प्रहार गरेको शेर्पाको इलाम
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। याम भने हत्या पछि फरार छन्।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World