फुटेरै छाड्यो "मेरी बास्सै"

फुटेरै  छाड्यो मेरी बास्सै ! 
कलाकारले ९ महिनादेखि पाएनन् तलब !

हास्य टेलिश्रृङ्खला अन्तर्गत धेरै दर्शकको माया बटुलेको ‘मेरी बास्सै’ का कलाकारले पछिल्लो समय पारिश्रमिक बापत एक रुपैयाँ समेत नपाएको खुलासा भएको छ । अन्य हास्य सिरियल मध्ये हिट ‘मेरी बास्सै’ का कलाकारले पारिश्रमिक नपाउँदा रिसियल नै बन्द हुने स्थितिमा पुगेको छ। 

मिडिया हवद्धारा निर्मित सिरियलले पछिल्लो समय ८ महिना भन्दा बढी समय कलाकारलाई बिना पारिश्रमिक काम गराइ राखेको छ।सिरियलमा गोक्ते काजीको भूमिका निर्वाह गर्ने एक प्रमुख कलाकार रामचन्द्र अधिकारीले लामो समय पैसा नपाएको बताए । 

उनले भने, ‘म पछिल्लो चार एपिसोडमा गएको छैन । रोल नपरेर नबोलाको होला।तर सिरियलमा खेले पनि पैसा पाइराखेको छैन।’ उनले दुखेसो गर्दै भने, ‘मेरो तीन छोरा मध्येमाइलो छोरो केही समय अघि मात्र अष्ट्रेलिया गयो त्यतिबेला पैसा नभएरमिडिया हवका सोम धिताल सँग लि बाँकी पैसा मध्ये २० हजार मागे तर बल्लतल्ल १५ हजार मात्र दिए । अरु पैसा कहिले आउँछ टुङ्गो छैन।’ 

अधिकारीले अब ‘मेरी बास्सै’ का निर्देशक सिताराम कट्टेल (धुर्मुस) सँग यसको विषयमा कुराकानी अगाडि बढाउने बताए।
मिडिया हवले पैसा नै नदिएकोले सुटिङ गर्न समेत निर्देशक आफै ले खल्तीको पैसा खर्च गरेको कलाकार अधिकारीको भनाइ छ। 

अब तपाई के गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अब म निर्देशक सीताराम कट्टेल (धुर्मुस) सँग कुराकानी गर्छु ।कसरी अघि बढ्न सकिन्छ त्यहि अनुसार मिडिया हवका सोम धिताल सँगपनि छल फल अघि बढाउनुपर्छ । पैसा त दिनुपरयो नी ।’ 

मिडिया हवले पैसा नदिएपछि केदार घिमिरे ‘माग्ने बुढा’ ले भने ‘मेरी बास्सै’ बाट छुट्टिने निर्णयमा पुगिसकेका छन् । माग्ने बुढा पट्टिको भाग अहिले सिरियलमा आउन छाडिसकेको छ । तर
सीताराम कट्टेलले भने आफू पट्टिको भाग जेनतेन  अघि बढाइ राखेका छन्। 

सुरुवात कालिनमा हास्य क लाकार दमन रुपाखेतिले निर्देशन
गरेको ‘मेरी बास्सैबीचमा आएको टकरावले निर्देशनक जिम्मेवारी बाट पन्छिए सँगै सिरियललाई लेखन÷निर्देशन गर्ने काम केदार घिमिरे ‘माग्ने बुढा’ र सीताराम कट्टेल ‘धुर्मुस’ ले गर्दै आएका छन्। 

केदार घिमिरे पनि बाहिरीने भएपछि अब दर्शकबाट अत्याधिक रुचाइएको ‘मेरी बास्सै’ कतातिर जाने हो भन्न सकिने अवस्था छैन! 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World