विडियो अपलोड गरेर लखपति
विडियो अपलोड गरेर लखपति बन्ने होइन्टरनेटमा विडियो अपलोड गर्ने धेरै साइटहरु रहेको छ । युट्युब, डेलिमोसन, भेबो, फ्लिकर लगाएत रहेको छ । तर आज म तपाई हरुलाई अर्को एउटा साइटको बारेमा जानकारी दिन चाहन्छु । यो साइट अरु साइट भन्दा नयाँ र नौलो रहेको छ । कति साथीहरुले त भ्यूब प्रयोग पनि गर्नु भईसक्यो होला । भ्यूब पनि युट्युब जस्तै विडियो अपलोड गर्ने र सेयर गर्ने प्लेटफम हो । यसमा तपाइले गर्नु भएको सबै जस्तो विडियो अपलोड गर्नु सक्नु हुन्छ । जस्तो खेलेको, लडेको, म्युजिक विडियो, साइन्स सम्बन्धि गतिविधिहरु सबै अपलोड गर्न सक्नु हुनेछ । यसमा तपाईहरुले बिभिन्न क्याटोगरिमा आफ्नो विडियो अपलोड गर्नु सक्नुहुने छ । यसमा संगीत, पशु, गेम्स, चलचित्र,शिक्षा, विज्ञान, कला, राजनीति, समाचार आदि विधाहरुमा तपाईहरुले आफ्नो विडियो राख्न सक्नु हुनेछ ।
सर्वप्रथम तपाईहरुले यसमा पनि अरु साइटमा जस्तै एकान्ट खोल्नु पर्ने हुन्छ । यसमा साइन अप गर्न सारै सजिलो रहेको छ। साइन अप गर्नको लागि यसमा क्लिक
http://vube.com/user/register
गर्नुहोस । तपाईहरु सोच्दै हुनुहुन्छ होला, युटुब जस्तै भए किन यसमा विडियो अपलोड गर्ने भनेर होइन । तपाईहरु ठिकै सोच्दै हुनुहुन्छ, विडियो मात्र अपलोड गर्ने नै भए युटुब एकान्ट भएकोले किन अर्को एकान्ट बनाएर झन्झट गर्ने भनेर होला होइन त । तर होइन यसको केहि विशेषता रहेको छ । आफ्नो विडियो प्रकाशित गर्न स्वयमको च्यानल बनाउन सकिने, १०८० P सम्मको कुनैपनि स्वरुपमा विडियो अपलोड गर्न सकिने, विडीयोलाई लाईक, अनलाईक र कमेन्ट गर्न सकिने, जुनसुकै सोसलनेटवर्कहरुमा सेयर गर्न सकिने, नयाँ नयाँ विशेषता र सुबिधाबारे नोटिफिकेस्न बाट थाहा पाउन सकिने र तपाईको विडीयोले करोडौ दर्शक समेत पाउन सक्नुहुनेछ। साथी हो यति मात्र कहाँ होर, यसमा हरेक महिना विडियोहरुको प्रतियोगिता हुने गर्दछ। धेरैले मन पराइएको प्रथम हुने विडियोलाई रु ७ लाख ५२ हजर दोश्रोलाई ३ लाख ७६ हजार, तेस्रोलाई २ लाख २५ हजार चौथोलाई १ लाख ५० हजार पाँचौलाई ७५ हजार र २०औ सम्म शीर्ष स्थानमा रहन सफल हुने विडियोले पनि नगद पुरस्कारको पाउने व्यबस्था गरीएको छ । साथी हो विडियो अपलोड गरेर मात्र यत्रो पुरस्कारराशि प्राप्त गर्न सकिन्छ भन्ने किन ढिलो गरी बस्ने त ।
meronepal0
0 comments
तपाईंको प्रतिकृया