खेलाडीले राजनीतिज्ञहरुलाई पछारेः प्रचण्ड

खेलाडीले राजनीतिज्ञहरुलाई पछारेः प्रचण्ड
१० जेठ,
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलाडीहरुले राजनीतिज्ञहरुलाई जितेको बताउनु भएको छ । दोश्रो इन्डो-नेपाल कराते प्रतियोगिता शुक्रबार उद्घाटन कार्यक्रम प्रचण्डले दलहरुले पहिचानको मुद्दा संस्थागत गर्नु भन्दा पहिल्यै खेलाडीहरुले नेपालको राष्ट्रिय पहिचान कायम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

           ‘खेलमा जुन प्रगति हुँदैछ, त्यसले पहिचानको मुद्धामा हामी सिंगो देशलाई अघि बढाउँदैछौं । तपाई खेलाडीहरुले हामीले संविधान बनाउनुभन्दा पहिल्यै, पहिचान संस्थागत गर्नु भन्दा पहिल्यै नेपालको राष्ट्रिय पहिचान कायम गरिसक्नु भएको छ’ प्रचण्डले भन्नुभयो-’त्यस कारण राजनीतिज्ञहरुलाई तपाईहरुले जित्नु भएको छ । खेल क्षेत्र अगाडी गइसकेको छ । खेल क्षेत्रबाट रानीतिकहरुले सिक्नु पर्ने अवस्था तपाईहरुले श्रृजना गर्नु भएको छ ।’
               प्रचण्डले राष्ट्रको गौरव स्थापित गर्न र मुलुकलाई राष्ट्रिय एकतामा बाँध्न खेलकुद महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।खेलकुदक्षेत्रलाई राजनीतिज्ञले विगत धेरै वर्षदेखि राजनीति गर्ने थलो मात्र बनाएको भन्दै उहाँले खेल क्षेत्रमा अहिले कुशल व्यक्ति आएकाले यो क्षेत्रले चाँडै प्रगति गर्दे जाने विश्वास व्यक्त गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World