दाहालले रेग्मीलाई भने- प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्दैन

१५ जेष्ठ,
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने कुरा उठे पनि 'नआत्तिन' भनेका छन् ।कांग्रेस, एमालेका नेताहरुले रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गरिरहेका बेला दाहालले यस्तो आश्वासन दिएका हुन् । प्रधानन्यायाधीश भएकैले उनले चुनावी सरकारको नेतृत्व गरेको उल्लेख गर्दै राजीनामा नदिन समेत दाहालले सुझाव दिएको स्रोतले बतायो । 'प्रधानन्यायाधीशबाट राजीनामा दिनु आवश्यक छैन' दाहालको भनाइ थियो, 'राजीनामा दिने बित्तिकै मुलुक झ्न अप्ठ्यारोमा पर्छ ।'
उनले पूर्व प्रधानन्यायाधीशलगायत अन्य स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने कुरा गरे पनि कांग्रेस/एमालेले नमानेकाले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सहमति जुटेको प्रसंग उठाएका थिए । दलहरुबीच निर्वाचन अध्यादेशमा सहमति नभए सरकारलाई जिम्मा दिने संभावना रहेको पनि दाहालले बताएका थिए ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग मंगलबार बालुवाटारमा भएको भेटमा रेग्मीले सरकार निर्वाचनसम्वन्धी अध्यादेश टुग्याएपछि चुनाबको मिति तोक्ने तयारीमा रहेको जानकारी गराएका थिए । 'सरकार निर्वाचन प्रक्रियामा बढीभन्दा बढी दलहरुको सहभागिता हुने वातावरण हुने गरी अध्यादेश टुंग्याउन र निर्वाचनको मिति तोक्न आतुर छ' दाहालसंग रेग्मीले भने, 'निर्वाचन सुनिश्चित गर्न सरकार गंभीर रुपमा लागेको छ ।'
भेटमा दाहालले राजनीतिक दलबीच निर्वाचन अध्यादेशमा सहमति जुटाउने प्रयास भइरहेको उल्लेख गर्दै तत्काल मिति घोषणा गर्न सुझाब दिएका थिए । 'अध्यक्षले जतिसक्यो छिटो निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो' दाहालका स्वकीय सचिब चूडामणि खड्काले भने, 'मन्त्रिपरिषद् अध्यक्षले मिति तोक्ने तयारी भइरहेको जानकारी दिनुभयो ।'
रेग्मीका प्रेस सल्लाहकार बिमल गौतमका अनुसार रेग्मीले एमाओवादी लगायत अन्य प्रमुख दललाई निर्वाचनको वातावरण बनाउन विशेष आग्रह गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया