किन प्रेमिकाको लोग्ने आएपछि यसरी नाङ्गै भागे प्रेमी

किन प्रेमिकाको लोग्ने आएपछि यसरी नाङ्गै भागे प्रेमी (फोटो सहित )
७ जेठ
             तपाईहरुले चलचित्रका दृष्यमा अक्सर देख्नु भएको होला वा छैन भने कहानी भएपनि सुन्नुभएको होला कि प्रेमी आफ्नी प्रेमिकालाई भेट्न उसको घरमै वा अझ उसको कोठामै पुग्छ तब त्यहाँ कोही आइपुग्छ । यस्तो बेला प्रेमिकाले उसलाई त्यही कोठामै लुकाउन सक्छे, नभए प्रेमी आफ्ना ज्यानलाई जोखिममा राख्दै झ्यालबाट बाहिर निस्कन्छ । तपाईलाइ सुन्दा अच्चम लाग्न सक्छ कि ब्राजिलमा त्यस्तो एउटा घटना बाहिर आएको छ । तर त्यो कुनै चलचित्रको घटना वा कथा होइन वास्तिविक जीवनमा घटेको घटना हो । यहाँ के भयो भने प्रेमिकाका पति अचानक घरमा आए । अनि बेडरुममा रहेका ति महिलाका प्रेमी हडबढाएर अर्धनग्न अवस्थामै झ्यालबाट भाग्न थाले । पर्खनुस फिल्ममा जस्तो यहि कहानी सकिदैन किनभने यहाँ भाग्न त्यति सजिलो छैन जति फिल्ममा हुन्छ ।
             यो घटनाको भिडियो प्रकाशमा आएको छ । भिडियोमा देखिएको छ पतिलाई धोका दिइरहेकी ति महिलाका प्रेमीकसरी झ्यालबाट भाग्ने कोशिस गरे । तस्वीरमा हेर्नुहोस एकापट्टी पति र पत्नी झगडा गरिरहेका छन् । अर्को तर्फ अर्धनग्न प्रेमी बच्ने कोशिस गरिरहेका छन् । भिडियोमा पतिले पोर्चुगाली भाषामा सोध्छन् ‘यो कमिज कस्को हो ।’ यो सुनेर पत्नीले कमिज घरको माथिल्लो तलाबाट फालिदिइन् । जतिजति पतिपत्नीको झगडा बढ्दै गयो प्रेमी पनि बेडरुमको झ्यालबाट बाहिर निस्कियो । त्यसपछि प्रेमीले टि–सर्टको डोरी बनाएर तल झर्ने कोशिस ग¥यो । तर जब उसले तल जमिनमा हे¥यो उसको शरिरनै काम्न थाल्यो । प्रेमी एक तला तल त ओर्लियो तर फेरी फस्यो ।
                  त्यति बेला सम्म तल मानिसको भिड लागिसकेको थियो । मानिसहरु उनको कोशिस देखेर रमिता हेर्दै थिए । उनीहरु घरी ताली बजाउँथे त कतिबेला सिट्ठी । महिलाका प्रेमीले ती मानिसहरु सँग गुहार मागे, बचाउन आग्रह गरे ।उनीहरुले सरकारको इमर्जेन्सी वर्कसलाई फोन गरे । तब त्यहाँ एउटा गाडी माथि गद्दा राखेर ल्याइयो । अब उनले त्यो गाडी माथिको गद्दामा हाम्फाल्नु पर्ने भयो । त्यसका लागि तल जमिनमा जम्मा भएको भिडले उनलाई हौसला दियो, ‘जम्प, जम्प, जम्प’ भन्दै ।तब उनी हिम्मत गरी हाम्फाले । अनि सबैले उनको सेफ ल्याण्डिङका लागि ताली बजाए ।  धन्य ब्राजिल सरकारले यि प्रेमीलाई यस्तो समस्यामा पनि साथ दियो !
एजेन्सी

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World