Artical
»
प्रेम जहरमा कहानी बेग्लै छ
प्रेम जहरमा कहानी बेग्लै छ
प्रेम जहरमा कहानी बेग्लै छ
मेरो यो शहरमा कहानी बेग्लैछ
अनायासै जिन्दगी झुमरिमा पर्दा
मनको लहरमा कहानी बेग्लै छ
कसैको मायाको खडेरी भएकोले
सुक्खा नहरमा कहानी बेग्लै छ
भित्र भित्र मुटु जलन भए पनि
उनको नजरमा कहानी बेग्लै छ
शब्द कुञ्जमा हराउन थालेपछि
गजलको बहारमा कहानी बेग्लै छ।।।।
0 comments
तपाईंको प्रतिकृया