निर्वाचन नै नहुने अवस्था आउन सक्छ : प्रचण्ड

निर्वाचन नै नहुने अवस्था आउन सक्छ : प्रचण्ड
 १२ जेठ,
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नै नहुने खतरा बढिरहेको बताएका छन् । कांग्रेस र एमालेले ‘थ्रेसहोल्ड’ लगायतका विषयमा विवाद गरिरहे देशमा निर्वाचन नै नहुने अवस्था आउने उनले बताए । राजधानीमा भएको कार्यक्रममा प्रचण्डले दलहरुबीच सहमति कायम गरेर केही दिन भित्रैमा संविधानसभा निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए ।
          “हामी छलफलमा छौँ, दुई चार दिनभित्र मिति घोषणा हुन्छ भन्नेमा विश्वास छ” उनले भने । चुनाव नभएको खण्डमा प्रतिगमनकारीहरुको चलखेल बढ्न सक्ने भन्दै प्रचण्डले सबैले निर्वाचनलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
             कार्यक्रममा उपाध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचनलाई नै प्रमुख विषयबस्तु बनाएर अघि बढ्नुपर्ने बताए । निर्वाचनमार्फत नै देशलाई उन्नतीको दिशामा अग्रसर गराउन सकिने भएकोले सबै निर्वाचन केन्द्रित हुनुपर्ने भट्टराईको भनाई छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World