बाराही फिल्म हलबाट पेस्तोल सहित २ जना पक्राउ
बाराही फिल्म हलबाट पेस्तोल सहित २ जना पक्राउ
भक्तपुर –प्रहरीले भक्तपुरको बाराही फिल्म हलबाट प्रहरीले १ थान पेस्तोल र ४ राउन्ड गोली सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रे, साँगा बस्ने २३ वर्षीय राजकुमार लामा र काभ्रेकै बुडाखानी घर भइ हाल सूर्यबिनायक बस्दै आएका विशाल ब्लोन तामाङ रहेको प्रहरीले बताएको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको बिशेष प्रहरी टोलीले जेठ १० गते १३:४५ बजे भक्तपुर नगरपालिका–१४ बाराही फिल्म हल भित्रबाट उक्त पेस्तोल र गोली सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी जिल्लाको भासी–४ स्थित राजमार्गबाट १ कि.मि. उत्तरमा रहको खेतबाट प्रहरीले १ राउण्ड गोली लोड गरी राखेको कटुवा पेस्तोल १ थान बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
0 comments
तपाईंको प्रतिकृया