नेयमार कुन क्लब जान लागे त ?
बार्सिलोना जाने पक्का
ब्राजिलियन विंगर नेयमार बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले आफ्नो ट्वीटरमा नेयमारसँग ५ वर्षे सम्झौता भएको घोषणा गरेको हो । नेयमारले पनि आफ्नो इस्ट्राग्राम पेजमा आफू सोमबारबाट बार्सिलोनामा अवद्ध हुने बताएका छन् ।
स्पेनिस क्याटलान बार्सिलोनाले २० मिलियन पाउण्डमा नेयमारलाई भित्र्याएको अनुमान गरिएको छ । बार्सिलोनाको चिरप्रतिद्वन्द्वी रियल मड्रिडले नेयमारलाई भित्र्याउने इच्छा देखाएको थियो । तर, नेयमार स्वयंम बार्सिलोनाप्रति आकर्षित थिए ।
अहिलेसम्म ब्राजिल बाहिर नखेलेका नेयमारले अहिलेसम्म सरप्राइजमै छन् । अब उनले अर्जेन्टिनी स्टार लिओनल मेस्सीसँग कसरी तालमेल गर्दै खेल्नेछन् हेर्न भने बाँकी छ । ब्राजिलियन क्लब सान्तोषबाट खेल्दै आएका नेयमारले २२९ खेलमा १ सय ३८ गोल गरेका छन् ।
एजेन्सी
0 comments
तपाईंको प्रतिकृया