नक्सलवादीको आक्रमणमा कँग्रेस आईका नेतासहित १६ को मृत्यु

जेठ १२
भारतको छत्तिसगढ राज्यमा माओवादी विद्रोहीको आक्रमणमा परि कँग्रेस आइका वरिष्ठ नेतासहित १६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा राजनीतिक नेतासंगै सुरक्षाकर्मी समेत रहेका छन ।छत्तिसगढको बस्तर जिल्लामा भएको नक्सलवादीको आक्रमणमा वरिष्ठ काँग्रेस नेता महेन्द्र कर्मासहित पूर्वविधायक उदय मुदलियार, गोपी माधवानीलगायतको ज्यान गएको छ । कँग्रेस आईका अर्का वरिष्ठ नेता एवं पूर्वमुख्यमन्त्री विद्याचरण शुक्ललगायत झण्डै १२ जना गम्भीर घाईते भएका छन । कँग्रेस आईका नेता कर्मा नक्सलवादीको विरोधी अभियानका संस्थापक थिए ।भारतीय माओवादीले कँग्रेस आइको छत्तिसगढका अध्यक्ष नन्दकुमार पटेल र उहाँका छोरालाई पनि अपहरण गरेका छन । घाईतेहरुको जगदलपुरमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।
लोकतन्त्रमाथिको हमला
विद्रोहीहरुको आक्रमणमा परि आफ्नो पार्टीका नेता मारिएपछि कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले यो आक्रमण लोकतन्त्र माथिकै आक्रमण भएको टिप्पणी गर्नुभएको छ ।आफ्ना छोरा तथा कँग्रेस नेता राहुल गान्धीसँगै प्रधानमन्त्री डाक्टर मनमोहनसिंह लाई भेट्न पुगेकी सोनियाले पत्रकारसित कुरा गर्दै आक्रमणको निन्दा गर्नुभएको छ ।विद्रोहीले निर्दोष नागरिक र राजनीतिज्ञमाथि कायरतापूर्ण आक्रमण गरेको उहाँले बताउनुभयो ।
- भारतीय सञ्चार माध्यमको सहयोगमा

0 comments
तपाईंको प्रतिकृया