Health
»
महिनावारी भएका बेला पेट दुख्नु स्वाभाविक हो
महिनावारी भएका बेला पेट दुख्नु स्वाभाविक हो
महिनावारी भएका बेला पेट दुख्नु स्वाभाविक हो
महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्।

हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू -इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्त्रिmय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। दहीको नियमितसेवनले मानसिक तनाव पनि कम हुने उक्त अध्ययनको निष्कर्ष छ।
0 comments
तपाईंको प्रतिकृया