मन्त्री र सचिवकै अगाडी भने-’९९ प्रतिशत श्रम सम्झौता नक्कली बनाउँछौं’

म्यानपावर व्यवसायीले मन्त्री र सचिवकै अगाडी भने-’९९ प्रतिशत श्रम सम्झौता नक्कली बनाउँछौं’
७ जेठ,
                बैदेशिक रोजगारमा जाने कामदारलाई दिने रोजगार करारपत्र ९९ प्रतिशत नक्कली बनाउने गरेको स्वयं म्यानपावर कम्पनी (वैदेशिक रोजगार व्यवसायी) ले स्वीकारेका छन् ।म्यानपावर कम्पनीको छाता संस्था ‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघ’ का अध्यक्ष बलबहादुर तामाङले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डद्धारा आयोजित ‘सुरक्षित वैदेशिक रोजगारका लागि सरोकारवालाबीच अन्तक्रिर्या’ मा यो खुलासा गरेका हुन् ।
           ‘हामीले कामदारलाई दिने इम्प्वाइमेन्ट कन्ट्रयाक्ट डबल हुन्छ,’ तामाङले वैदेशिक रोजगार व्यवसायको १८ बर्षको अनुभव सुनाउँदै भने, ‘ड्राइभरको बाहेक ९९ प्रतिशत करार फ्रड नै गरेका छौं ।’अन्तक्रिर्यामा श्रम तथा रोजगार मन्त्रालयका सचिव, सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक अध्यागमन निर्देशक परराष्ट्रका सहसचिव लगायको सहभागीता रहेको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World