घरमा पैसा पठाउन जाँदा आक्रमणमा परेँ

 घरमा पैसा पठाउन जाँदा आक्रमणमा परेँ

८ जेठ, 
             मलेशिया – मलेशियाको केलाङ अस्पतालको पाँचौ तलाको ए ब्लकमा रामेछापका केशब गौतम तीन महिनादेखि दाहिने खुट्टाको उपचार गराइरहनुभएको छ ।उहाँको पिंडौलादेखि तलको भाग सुन्निएको छ भने पाकेर पिप निचोरिएको डोबहरु प्रष्टै देखिन्छन् । घाउ भएको खुट्टा पनि गन्हाइहन्छ ।  एक दिन गौतमले उज्यालो अनलाइनका भूमिराज पराजुलीलाई घटनाको वेलिविस्तार यसरी सुनाउनुभयो ।

               म मलेशिया मेरुको माष्टर ग्लोभ कम्पनीमा काम गर्छु । कम्पनीमा धेरैजसो १२ घण्टासम्म काम गर्नुपर्छ । होष्टलमै काम भएको र घरमा पैसा पठाउनुपर्ने भएकाले गएको फेब्रुअरी ११ (माघ २९) म काममा गएको थिइँन ।होष्टलको काम सकेर घरमा पैसा पठाउन वस चढेर बजार जाँदै थिएँ । मेरुको अन्तिम स्टेशनमा आइएमई रेमिटेन्स अफिस थियो, म त्यहीँ जाँदै थिए । अन्तिम स्टेशनमा झर्ने ३/४ जना मात्र पेसेन्जर थियौं, नेपाली म मात्र थिएँ अरु तमिलहरु थिए ।
             
               बस रोकिएपछि ड्राइभरले मलाई पछाडिबाट झर्न भन्यो । ढोकामा पुग्न मात्र के लागेको थिए मलाइ पछाडिबाट तमिलहरुले एक्कासी झम्टिए ।बस भित्रै लाछार पछार पारे । कसो कसो उनीहरुबाट फुत्किएँ र बसको ढोकाबाट हाम्फाल्दा दाहिने खुट्टामा गहिरो असर पर्‍यो । त्यहाँबाट उफ्रिदै उफ्रिदै भीडतिर गएर पैसा सुरक्षित गरेँ तर खुट्टा सुरक्षित भएन ।
                       
यहि खुट्टाको पीरले धेरै पटक धुरुधुरु रोएको छु । धन्न मसँग पैसा थियो र एक जना साथीको सहयोगमा केलाङ हष्पिटलमा भर्ना भए ।हाम्रो कम्पनीमा एक जना सहयोगी नेपाली साथी हुनुहुन्छ, उहाँले पनि सहयोग गर्नुभयो । कम्पनी पनि राम्रै पर्‍यो र अहिले उपचार खर्च र वेसिक तलब पाइरहेको छु ।
ujyalo

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World